Prakash Adhikari December 18, 2018

काठमाडौं, ३ पुस । प्रमुख प्रतिपक्षी दलको काठमाडौंमा जारी महासमितिको बैठकमा लैजाने विधान संशोधन प्रस्तावमा नेपाली कांग्रेसमा पदाधिकारीको संख्या ११ पुर्‍याउने सहमति भएको छ।

पदाधिकारीमा सभापतिसहित दुई उपसभापति, तीन महामन्त्री, चार सह-महामन्त्री र एक कोषाध्यक्ष राख्ने सहमति भएको छ ।

कांग्रेसभित्र संस्थापन पक्ष विरोधी समूह पदाधिकारीहरु प्रत्यक्ष निर्वाचनबाट आउनुपर्ने र पदाधिकारी संख्या थप्ने योजनामा छ ।

पौडेल पक्षले पदाधिकारी संख्या बढाएर ११ जना पुर्‍याउनुपर्ने मत राखेको थियो भने देउवा पक्षले केहीअघिसम्म पदाधिकारीको संख्या बढाउन नहुने अडानमा थियो।

अहिले कांग्रेसमा सभापतिसहित ५ जना पदाधिकारी रहने व्यवस्था छ।

सोमबार साँझ भएको छलफलमा पदाधिकारी संख्या थप्न सभापति देउवा लचक भएपछि संख्या टुंगो लागेको हो। तर, महाधिवेशबाट प्रत्यक्ष निर्वाचित भने ५ जना मात्र हुने भएका छन्।

११ पदाधिकारीमध्ये चार जना ९सभापति, एक उपसभापति, दुई महामन्त्री र कोषाध्यक्ष० को प्रत्यक्ष चुनाव हुनेछ।

चारै जना सह(महामन्त्री समावेसी कोटाबाट ल्याइने भएको छ। एक जना उपसभापति र एक जना महामन्त्री केन्द्रीय समितिले टुंगो लगाउने छ।

पदाधिकारी संख्याबारे अन्तिम टुंगो लगाउन बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ।

सिंहदरबारमा बसेको पदाधिकारी बैठकले लञ्चसम्ममा पदाधिकारीको अन्तिम टुंगो लगाएर उक्त प्रस्ताव महासमितिमा लगेर विधान संशोधन गरिने छ।

Share Now

Leave a comment.