Prakash Adhikari December 20, 2018

कीर्तिपुर (काठमाडौं), ५ पुस । एभरेस्ट प्रिमियर लिग अन्तर्गत दोश्रो क्वालिफायर खेलमा काठमाडौँ किंग्स-११ ले प्रतिस्पर्धी भैरहवा ग्लाडियटर्सलाई १ सय १ रनको सहज लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानममा टस हारेर ब्याटिंग गर्दै २० ओभरमा काठमाडौंले १०० रनमा सम्पूर्ण विकेट गुमायो।

खेलमा टस हारेर ब्याटिंग गरेको काठमाडौँ किंग्स-११ ले ३७ रनको योगफलमै ४ विकेट गुमाउन पुग्यो।

छैठौं ओभरमा कप्तान रोहन मुस्तफालाई शरद भेसावकरले बोल्ड गर्दै काठमाडौँको विकेट पतन सुरुवात गरेका थिए। त्यसको अर्को ओभरमा नरेश बुढायरलाई कुशल मल्लले बोल्ड गर्दै दोश्रो विकेट दिलाए भने त्यही ओभरमा ओ ब्रायन ठुलो सट खेल्दा क्याच आउट भए । मुस्तफाले ६, नरेशले २ रन बनाए भने केभिन खाता नखोली आउट भए।

११ औं ओभरको दोश्रो बलमा कुशल मल्लले व्यक्तिगत तेश्रो विकेट लिए । त्यसपछि सन्दिप रजालीले अमित श्रेष्ठलाई क्याच आउट गराए। ३२ बलमा अमितले १ चौका मदतले १३ रन बनाएका थिए।

पाँचौ विकेटको लागि प्रदिप साहु र सन्दिप रजालीले ३३ रनको साझेदारी गरे। २५ रन बनाएका साहुलाई अविनाश बोहराले १५ औं ओभरमा आउट गरे। त्यसपछि ब्याटिंग गर्न आएका सोमपाल कामी ७ रनमा रन आउट हुन पुगे। रजालीले पनि २७ रन बनाउन सके। त्यसपछि १० औं नम्बरमा ब्याटिंगमा आएका राजु रिजाल १ रन बनाएर नबिदको बलमा बोल्ड भए। त्यसपछि तल्लो क्रममा जितेन्द्र मुखियाले २ रन बनाए भने र संसाद शेखले कुनै योगदान गर्न सकेनन् । यसरी काठमाडौं १०० रनमा अल आउट भयो। सिद्धान्त लोहनी ४ रनमा अविजित रहे।

भैरहवाको बलिङ्गमा कुशल मल्लले सर्वाधिक ३, मोहम्मद नबिदले २ तथा अविनाश बोहरा र शरद भेसावकरले एकएक विकेट लिए।

आजको खेलमा विजयी टीमले फाईनलमा ललितपुर प्याटियोटसंग खेल्नेछ ।

Share Now

Leave a comment.