काठमाडौं, ८ पुस । नेपालको मुद्रा र पूँजी बजारको समस्या पहिचान गरी समाधानको उपाय सुझाउन अर्थमन्त्री डा। युवराज खतिवडाले गठन गरेको कार्यदलले दिएको सुझाव सार्वजनिक भएको छ । कार्यदलले एक हप्ताभित्र गर्न सकिनेदेखि एक बर्षभित्र गर्नु पर्ने नीतिगत सुधारसहितको ५८ बुँदे प्रतिवेदन अर्थमन्त्री डा. खतिवडालाई बुझाएको थियो ।
राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिले बुधबार अर्थमन्त्री खतिवडालाई दिएको प्रतिवेदनमा बैंकको आधार दर गणना गर्दा पूँजीको प्रतिफलको रुपमा राखिएको ०।७५ प्रतिशत मार्जिन हटाउन,कृषि, उर्जा, पर्यटनजस्ता प्राथमिकता प्राप्त क्षेत्रको ऋणमा आधार दरको अधिकतम २ प्रतिशतमाथि मात्र ब्याज लिने व्यवस्था गर्न,बचत खाताको ब्याज दर मूद्रास्फितिसँग आबद्ध गरी मुद्रास्फितिभन्दा बढिमा दुई प्रतिशतमाथि सीमित गर्न तथा शेयरमा मार्जिन लेन्डिङ र शेयर धितोमा जाने कर्जालाई छुट्टाछुट्टै ब्यवस्था गर्ने सुझाबसमेत दिइएको छ। कार्यदलले शेयर धितो कर्जा मूल्यांकनको ६५ प्रतिशत दिन सुझाव दिएको छ ।
नेपाल धितोपत्र बोर्डले मार्जिन लेण्डिङको काम गर्ने अधिकार ब्रोकरलाई दिने गरि नियमावली पारित गरिसकेको र बैंकहरुलाई ब्रोकरको लाइसेन्स दिने कुरा अगाडि बढेकोले सहायक कम्पनी खोलेर यस्तो काम गर्ने इजाजत दिनुपर्ने सुझाव कार्यदलले दिएको छ ।
हेर्नुस् प्रतिवेदनमा केके सुझाव छन् :
https://drive.google.com/open?id=11Zk-RMV2z8lqeLel9Kz-BT-s-b31ujRx


















