Prakash Adhikari December 23, 2018

काठमाडौं,८ पुस । नेपाल स्टक एक्सचेञ्जको परिसूचकमा एकैदिन ३२.२५ अंकको बढोत्तरी भएको छ । आईतबार नेप्से ११९८.१८ पुगेको छ । यो अघिल्लो हप्ताको अन्तिम कारोबार दिन बिहिबारको तुलनामा २ं.७७ प्रतिशतको बढोत्तरी हो ।
आईतबार कारोबार रकम पनि बढेर रु.८८ करोड २१ लाखमाथि पुग्यो ।

आईतबार बजार खुलेदेखि नै बजारमा हरियो प्रभाव देखिएको हो ।

नेपाल राष्ट बैंकको मध्यस्थतामा बाणिज्य बैंकहरुबीच ब्याजदर सीमित राख्ने भद्र सहमति भएको र सरकारले गठन गरेको मुद्रा तथा पूँजी बजार सुधार कार्यदलको सम्पूर्ण प्रतिवेदन पनि सार्वजनिक भएकोले लगानीकर्ताहरुको विश्वास बढेको बताइन्छ ।

आईतबार शेयर बजारमा २८ लाख ३२ हजार २ सय ४५ कित्ता शेयरको किनबेच भएको थियो ।

कूल शेयर कारोबार रकममा अग्रणी कम्पनीहरुमा सनराईज बैंक प्रमोटर, एनएमबी, नेपाल बैंक, प्रभु,छिमेक लघुवित्त, प्राइम,इन्भेष्टमेण्ट, एनसीसी, लुम्बिनी र गरिमा विकास बैक रहेका छन् ।

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2018-12-23 15:00:00
SRBLPO 81,748,095.00 165.00
NMB 71,984,499.00 392.00
NBL 48,362,304.00 310.00
PRVU 44,101,491.00 254.00
CBBL 35,255,701.00 827.00
PCBL 29,395,232.00 340.00
NIB 25,715,143.00 677.00
NCCB 22,415,687.00 216.00
LBBL 22,192,827.00 179.00
GBBL 22,145,263.00 203.00

आइतबार आईएमई जनरल इन्स्योरैन्स, लुम्बिनी जनरल इन्स्योरेन्स,कालिका माईक्रो क्रेडिट लघुवित्तको शेयर १० प्रतिशतले बढ्यो । नाथबेली,गुराँस लाईफ, एनएमबी माईक्रो फाईनान्स, सिभिल लघुवित्त,वोभी,लक्ष्मी लघुवित्त र महिला सहयात्रा लघुवित्त संस्थाको शेयर झण्डै १० प्रतिशतको हाराहारीम बढ्यो ।

Top Gainers

Symbol LTP % Change
As of 2018-12-23 15:00:00
IGI 495.00 10
LGIL 528.00 10
KMCDB 957.00 10
NBBL 904.00 9.97567
GLICL 685.00 9.95185
WOMI 974.00 9.93228
NMBMF 1,208.00 9.91811
CLBSL 643.00 9.91453
LLBS 810.00 9.90502
MSMBS 544.00 9.89899

साताको पहिलो दिन उत्पादक ममूहबाहेकका सबै परिसूचक बढेका थिए ।

आईतबार कैलाश विकास बैंक,युनाईटेड मोदी जलविद्युत कम्पनी, रैराड. जलविद्युत कम्पनी, सप्तकोशी विकास बैंक,हिमालयन डिष्टिलरी, एनआईसी एशिया ग्रोथ फण्ड, कन्काई विकास बैंक बरुण हाईड्रो,श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स र बीपीसी कम्पनी लिमिटेडको शेयर मूल्य अघिल्लो कारोबार भएको दिनको भन्दा घट्न गएका छन् । आइतबार जुन लगानी कर्ताले यी कम्पनीको शेयर बेचे, उनीहरुले आफ्नो सम्पत्तीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा गुमाएका छन् ।

Top Losers

Symbol LTP % Change
As of 2018-12-23 15:00:00
KBBL 225.00 -6.25
UMHL 117.00 -4.87805
RRHP 106.00 -2.75229
SKDBL 118.00 -1.98521
HDL 1,314.00 -1.9403
NICGF 9.10 -1.83387
BARUN 108.00 -1.81818
KNBL 120.00 -1.63934
SIFC 138.00 -1.42857
BPCL 394.00 -1.2754
Share Now

Leave a comment.