Prakash Adhikari December 24, 2018

होवर्ट(तस्मानिया), ९ पुस । अष्टेलियाको घरेलु क्रिकेट बिग ब्यास लिग अन्तर्गत नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सले दोश्रो खेल होबार्ट हुरिकेन्ससंग सोमबार स्थानीय समय अनुसार अपरान्ह ३ः४५ मा (नेपाली समय अनुसार नेपाली समय बिहान १०ः३० बजे) होवर्ट रंगशालामा हुने खेलमा मेलबर्न स्टार्सको नेतृत्व चर्चित अन्तराष्टिय क्रिकेटर ग्लेन म्याक्सवेलले गर्दैछन भने होवर्ट हुरिकेनको नेतृत्व चर्चित खेलाडी म्याथु वेडले गर्नेछन् ।

लिग अन्तर्गत पहिलो खेलमा शुक्रबार मेलबर्न स्टार्सले शेन वाटसन कप्तानीको सिड्नी थन्डर्ससंग हार बेहोरेको थियो।

खेलमा सन्दिप लामिछानेले २ विकेट लिंदै राम्रो सुरुवात गरेका थिए। खेलमा पहिले ब्याटिंग गरेको सिड्नीले दिएको १८२ रनको लक्ष्य पछ्याउने क्रममा वर्षा भएपछि दोश्रो इनिंगमा मेलबर्नले ८ ओभरमा ९० रनको लक्ष्य पाएको थियो। ८ ओभरमा मेलबर्नले ६ विकेट गुमाएर ७४ रन मात्रै बनाउन सक्यो र १५ रनको ( डीएलएस मेथड) हार बेहोर्यो।

लिगको पहिलो खेलमा होबार्ट हरिकेन्सले भने जित हाँसिल गर्ने क्रममा ब्रिसबेन हिटलाई १५ रनले पराजित गरेको थियो। पहिले ब्याटिंग गर्दै होबार्टले बनाएको १सय ५९ रनको जवाफमा ब्रिसबेनले १ सय ४४ रन बनाएको थियो। जितमा होबार्टको लागि ड्यारसी सर्टले ६७ रन तथा बलिङ्गमा जेम्स फल्कनरले ३ विकेट लिएका थिए।

मेलबर्न स्टार्सका कप्तान म्याक्सवेलले लिगको दोश्रो खेलमा पनि टिमको अन्तिम ११ मा सन्दीपलाई राख्ने निश्चित गरिसकेका छन्। टिमले शुक्रबार बिहान घोषणा गरेको सम्भावित १३ खेलाडीको सुचीमा २ बिदेशी खेलाडी ड्वेन ब्राभो र सन्दिपलाई समाबेस गरेको छ। लिगमा एउटा टिमले २ जना मात्रै बिदेशी खेलाडी अन्तिम ११ मा राख्ने नियम छ।

टिम
Hobart Hurricanes : Matthew Wade(w/c), D Arcy Short, Alex Doolan, Ben McDermott, George Bailey, Simon Milenko, James Faulkner, Johan Botha, Jofra Archer, Clive Rose, Riley Meredith, Jake Doran, David Moody

Melbourne Stars : Travis Dean, Ben Dunk(w), Glenn Maxwell(c), Marcus Stoinis, Dwayne Bravo, Nick Larkin, Evan Gulbis, Adam Zampa, Sandeep Lamichhane, Jackson Coleman, Michael Beer, Jackson Bird, Scott Boland

लिगको पहिलो खेलमा सन्दीपको प्रदर्शन राम्रो रह्यो । ४ ओभर खेल्ने मौका पाएका उनले पहिलो ओभरमै दुई विकेट लिएका थिए ।उनले सिड्नी थन्डर्सका कप्तान शेन वाटसन र अर्का चर्चित खेलाडीक्यालम फर्गुसनको विकेट लिएका थिए। उनलाई आठौँ ओभरमा डेब्यु गराइएको थियो ।

सन्दीपलाई एक खेलमा दुईदेखि ३ ओभरको मौका फापेको देखिएको छ । एकै खेलमा धेरै ओभर खेल्दा पछिल्ला ओभरमा उनको बलको सन्तुलन नमिलेर हो वा व्याट्सम्यानले उनको बलको कमजोरी पत्ता लगाएर हो धेरै चौका छक्का हिर्काउने गरेका छन् । युएईको टी १० र बिग ब्यासको पहिलो खेलमा पनि सन्दीपको त्यो कमजोरी देखिएको छ ।

Share Now

Leave a comment.