काठमाडौं, ११ पुष । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन्। झाको नियुक्तिको विषयलाई लिएर सत्तारुढ दल नेकपाभित्रै लफडा भएपछि प्रधानमन्त्रीले पदबाट राजिनामा दिन सुझाएका थिए ।
बुधबार दिउसो मात्रै आफू देशका २/४ जना कुशल प्रशासकमध्ये एक भएको दाबी गरेका झाले बुधबार नै सञ्चार मन्त्री गोकुल बास्कोटालाई राजिनामा बुझाएका हुन् ।
झालाई सरकारले गत भदौ २१ गते प्राधिकरणको अध्यक्षमा नियुक्ति गरेको थियो ।