काठमाडौं, १४ पुस । वैदेशिक रोजगारीमा जान चाहने युवाहरुको लागि युनाईटेड अरब ईमिरेट्समा आकर्षक तलबसहितको रोजगारी खुलेको छ । सन लाईट ह्युमन रिसोर्सेज सामाखुशीले सेक्युरी गार्ड मिडल इस्ट भन्ने कम्पनीका लागि ३९३ सुरक्षा गार्ड माग गरेको छ । तलवमान ६० देखि ६४ हजार हुने रोजगारीमा एसएलसी पास युवाहरुले आवेदन गर्न सक्नेछन् । खान बस्ने र भिसा शुल्क कम्पनीले ब्यहोर्ने छ ,नेपालको मेडिकल खर्च भने आफैले ब्यहोर्न पर्नेछ ।
लार्सन एण्ड टर्बोमा ७६ श्रमिक आवश्यक
साउदी अरेबियाको लार्सन एण्ड टर्बो कम्पनीमा ७६ जना लेबर माग आएको फेसिलिटी इम्प्लोइमेण्ट सर्भिस एजेन्सी प्रा. लि. सामाखुशीले जनाएको छ । सूचनामा उल्लेख भए अनुसार नेरु २९,००० देखि ने. रु ३०,००० मासिक तलब हुने सेवा शुल्क,भिसा शुल्क लाग्ने छैन भने खान र बस्ने सुविधा कम्पनीले ब्यहोर्ने छ । नेपालमा लाग्ने मेडिकल खर्च भने कामदार आफैले ब्यहोर्न पर्ने छ ।
कुवेतमा घरेलु कामदार र श्रमिकको माग
कुवेतको इनास्को जनरल टेडिड. एण्ड कन्ट्याक्टिड. कम्पनी डब्ल्यूएलएलका लागि श्यारोन म्यानपावर सर्भिस प्रा. लि. बानेश्वरले १७३ जना दक्ष घरेलु कामदार र श्रमिक माग गरेको छ ।
मासिक तलब ३०,००० देखि ३१ हजार निर्धारण गरिएको यो रोजगारीकोलागि रोजगारदाता कम्पनीले भिसा शुल्क, इन्स्योरेन्स खर्च सबै ब्यहोर्नेछ र कम्पनीमा नै खान बस्ने सुविधा प्राप्त छ ।
साउदीको क्वेटा कम्पनीमा २०० जनालाई रोजगारी
साउदी अरेवियाको क्वेटा कम्पनीमा २०० जनालाई रोजगारीको अवसर आएको सुविधामार्ग तीनकुने काठमाडौंले जनाएको छ । कामको प्रकृति पेष्ट्र्ी म्यान, घरेलु कामदार,हेल्पर,ड्रइभर, प्रशासनिक र श्रमिक,रेष्टुरा म्यानेजर,कुक र सेफ रहेको छ । काम हेरि ने रु ४६,००० देखि रु ७६,००० पाईने यी रोजगारीमा भिसा,टिकट र इन्स्योरेन्स कम्पनीले नै व्यहोर्ने जनाइएको छ ।