काठमाडौँ,१६ पुस । विभिन्न कार्यक्रमसहित आज नेपाली काँग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाइरहेको छ । बीपी कोइराला, गणेशमान सिंह लगायतका कांग्रेसका नेताहरु भारतको निर्वासित जीवन बिताएर मेलमिलाप गर्न स्वदेश फर्केको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष यो दिवस मनाउँदै आएको छ ।
आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते बीपीसहितका नेताहरु स्वदेश फर्केका थिए । २०१७ सालमा जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको सरकार बर्खास्त गर्दै राजा महेन्द्रले निर्दलीय पञ्चायती व्यवस्था लागु गरेपछि कोइरालासहितका नेतालाई ७ वर्षका लागि जेल हालिएको थियो ।
जेलबाट छुटेपछि बीपीसहितका नेताहरु २५ सालमा भारत गए । भारतमा इन्दिरा गान्धी नेतृत्वको सरकारले अपमान गरेको महसुस गर्दै विदेशमा बसेर हैन नेपालमै गएर राजासंग हातेमालो गरेरै राजनीतिक निकास निकाल्न सकिन्छ भन्दै बीपी फर्केका थिए ।
बीपीले भारत आफू अनुकुलको राजनीति नेपालसंग गरिरहेको निष्कर्षमा पुगेपछि साथीहरु लिएर ज्यानको बाजी लगाएर स्वदेश फर्किने हिम्मत गरेका हुन् । उनलाई राज्यद्रोहको आरोपमा फेरि जेल कोचेर मार्नेसम्मको योजना हुन सक्दथ्यो ।
तर बीपीले भारतमा अपमानित भएर बस्नुभन्दा स्वदेशमै मर्न जाती भन्दै फर्किएको निधन हुनुअघि गणेशमान, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतले बताउँदै आएका थिए ।
तर राजासंग हातेमालो गर्न आएका उनीहरुलाई तत्कालीन सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्रेर सुन्दरीजल बन्दीगृह लगेको थियो ।
त्यहि दिनको सम्झनामा हरेक वर्ष पुस १६ गतेलाई मेलमिलाप दिवसका रुपमा मनाउन थालिएको हो ।
बीपीलाई त्यतिबेला पञ्चले नारा लगाएर विरोध गरे । मञ्चमा बोल्न दिइएन । राजाले कसैलाई पनि रोकेनन् ।
बीपी कोइरालाले नयाँ विचार प्रतिपादन गर्दै भित्रैदेखि एकता नभइ हुँदैन भनेर राष्ट्रिय मेलमिलाप नीतिलाई अगाडि बढाएका थिए । यसलाई तत्कालीन अवस्थामा राजासहितको मेलमिलाप नीति भनेर भनियो ।
बीपीको सोच निकै राम्रो थियो । तत्कालीन अवस्थामा राजासंग मेलमिलाप गर्नुको विकल्प थिएन । तर त्यो राजासंगको मेलमिलाप भने पनि समग्रमा भने काँग्रेसी नेताहरुसंगै अन्य दलहरुसंगको एकता पनि थियो ।
जनमत संग्रह त्यसको दवाव थियो । ०४६ सालमा बहुदल ल्याउन दलहरु मिले । त्यो पनि मेलमिलापको नीति अन्तर्गत नै थियो । ०६२–६३ को आन्दोलन पनि दलहरुको मेलमिलापको नीति अन्तर्गत नै थियो ।
राजासंगको मेलमिलापको नीतिलाई अंगीकार गरेको कांग्रेसले राजा ज्ञानेन्द्र शाहलाई किन फाल्यो त भन्ने प्रसंगमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन्, ‘तत्कालीन अवस्थामा राजाले राष्ट्रिय एकता गर्न सक्छन् भन्ने सम्भावना नभएपछि पछि राजा हटाएका हौं । राजाको नियतमा सुधार नदेखिएपछि हामीले राजसंस्था फाल्यौं ।’
तर कांग्रेसले बीपी बाहेकको नीति अवलम्बन गरेको छैन । बीचबीचमा भड्कने काम भने भइरहेको छ ।
अन्य दलका नेताहरु भने बीपीको विचारलाई राम्रो मान्छन् । दलहरुबीच राजनीतिक गतिरोध बढ्दै जाँदा एकताका लागि सबैलाई बीपीलाई सम्झन्छन् ।
बीपीकै नीतिको गलत फाइदा उठाउँदै दलहरुबीच पटक पटक सहमति पनि हुँदै आएको छ ।
नेपाली कांग्रेसको हालै सम्पन्न महासमिति बैठकमा समेत उक्त दिनको अवसरमा ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै पार्टीका विविध कार्यक्रमका साथ संगठनलाई चुस्त, गतिशील र प्रभावकारी बनाउन सभापति श्री शेरबहादुर देउवाद्वारा घोषणा समेत भएको थियो । उक्त दिवस विविध प्रभावकारी कार्यक्रमहरु (आमसभा, गोष्ठी, ¥याली, कोणसभा लगायतका कार्यक्रम) व्यापक र वृहत रुपमा संचालन गरी मनाउन पार्टीले ७७ वटै जिल्लामा देहाय बमोजिमका केन्द्रीय प्रतिनिधि तोकेको छ ।
४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा जिल्ला खटिनु भएका केन्द्रीय प्रतिनिधिहरु:
ताप्लेजुङ सुजाता परियार
पाँचथर डा। डिला संग्रौला
इलाम महेन्द्र यादव
झापा कृष्णप्रसाद सिटौला
संखुवासभा मानबहादुर विश्वकर्मा
तेह्रथुम भीष्मराज आङ्दम्वे
भोजपुर अमृत अर्याल
धनकुटा सरिता प्रसाई
मोरङ डा। प्रकाशशरण महत
सुनसरी महेश आचार्य
सोलुखुम्बु कल्याणकुमार गुरुङ
खोटाङ केशवकुमार बुढाथोकी
ओखलढुंगा बलबहादुर के।सी।
उदयपुर आनन्दप्रसाद ढुंगाना
सप्तरी डा। मिनेन्द्र रिजाल
सिरहा विमलेन्द्र निधि
दोलखा किशोरसिंह राठौर
रामेछाप किरण यादव
सिन्धुली पुष्पा भुसाल
धनुषा धनराज गुरुङ
महोत्तरी सीतादेवी यादव
सर्लाही डा। शेखर कोइराला
रसुवा शिवप्रसाद हुमागाँई
धादिङ डा। रामशरण महत
नुवाकोट रमेश रिजाल
काठमाडौं शेरबहादुर देउवा
संयोजन—ध्यानगोविन्द रञ्जित
भक्तपुर ईश्वरी न्यौपाने
ललितपुर उमाकान्त चौधरी
काभ्रे अर्जुननरसिंह के।सी।
सिन्धुपाल्चोक अम्बिका बस्नेत
मकवानपुर गुरूराज घिमिरे
रौतहट फर्मूल्लाह मंसुर
बारा महालक्ष्मी उपाध्याय ‘डिना’
पर्सा प्रकाशमान सिंह
चितवन ज्ञानेन्द्रबहादुर कार्की
गोरखा रामचन्द्र पौडेल
मनाङ सिता गुरुङ
लम्जुङ शंकर भण्डारी
कास्की पूर्णबहादुर खड्का
तनहुँ कमला पन्त
स्याङजा अर्जुनप्रसाद जोशी
गुल्मी रामकृष्ण यादव
पाल्पा डा। नारायण खड्का
अर्घाखाँची देवेन्द्रराज कँडेल
नवलपुर सुरेन्द्रराज पाण्डे
नवलपरासी दिलबहादुर घर्ती
रुपन्देही गोपालमान श्रेष्ठ
कपिलवस्तु बालकृष्ण खाँण
मुस्ताङ चित्रलेखा यादव
म्याग्दी जीवन परियार
बाग्लुङ हरिप्रसाद नेपाल
पर्वत दिपक गिरी
रूकुम ९पूर्व० बालकृष्ण पाण्डे
रूकुम ९पश्चिम० शिला शर्मा खड्का
रोल्पा बीरबहादुर बलायर
प्यूठान रत्न शेरचन
सल्यान पार्वता डी।सी। चौधरी
दाङ मोहनबहादुर बस्नेत
डोल्पा जीवनबहादुर शाही
मुगु हसन अन्सारी
जुम्ला गगनकुमार थापा
कालिकोट लक्ष्मी परियार
हुम्ला बहादुर सिंह ९लामा० तामाङ
जाजरकोट प्रदीप पौडेल
दैलेख गोविन्द भट्टराई
सुर्खेत श्यामकुमार घिमिरे
बाँके मीन विश्वकर्मा
वर्दिया डा। चन्द्र भण्डारी
बाजुरा दिलेन्द्रप्रसाद बडू
अछाम हृदयराम थानी
बझाङ आनन्द ९गोरख० विष्ट
डोटी नविन्द्रराज जोशी
कैलाली रमेश लेखक
दार्चुला बद्रीप्रसाद पाण्डे
बैतडी अतहर कमाल मुसलमान
डडेल्धुरा एन।पी। साउँद
कञ्चनपुर अजयकुमार चौरसिया