Prakash Adhikari January 5, 2019

 

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका),२१ पुस (बीबीसी) । विपक्षी डेमोक्र्याटहरूसँग विवाद बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकारको खर्च बन्दी वर्षौँ सम्म लम्ब्याइदिन आफू तयार भएको चेतावनी दिएका छन्।

वरिष्ठ डेमोक्र्याट नेताहरूसँग कुराकानीपछि उनले मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन आवश्यक परे कंग्रेसलाई बाइपास गरेर राष्ट्रिय संकटको स्थितिको घोषणा गर्न समेत सकिने बताए।

विवादको जड के हो?

मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने पैसा कंग्रेसले उपलब्ध नगराए आफूले बजेटसम्बन्धी विधेयकमा हस्ताक्षर नगर्ने ट्रम्पले बताएका छन्।

विपक्षीले भने त्यसो गर्न मानेका छैनन्।

पेलोसी
डेमोक्र्याट नेताहरूले ट्रम्पसँग कुराकानी जारी राख्ने बताएका छन्।

यसै विवादका बीच सरकारी खर्च बन्द भएको तेस्रो साता हुन लाग्यो।

डिसेम्बर २२ देखि ८ लाख संघीय कर्मचारीले तलब पाएका छैनन्।

संसदले अटेर गरिरहे आफूले राष्ट्रिय संकटको स्थितिको घोषणा गरेर एक्लै अघि बढ्ने भनी उनले चेतावनी दिएका छन्।

बीबीसीका सम्वाददाता एन्थनी जर्कर भन्छन् यदि त्यसो हो भने ट्रम्पले सिधै त्यसो नगरीकन किन लाखौँ कर्मचारीलाई अनिश्चयमा पारिरहेका छन् त।

अमेरिका
संघीय खर्च बन्दीका कारण कतिपय निकायका सेवा बन्द भएका छन्
किनभने समाधान त्यति सजिलो छैन।

अमेरिकी कानुनले राष्ट्रपतिलाई युद्ध वा राष्ट्रिय संकटका बेला सैन्य निर्माण आयोजनालाई निर्देशन गर्ने अधिकार हुन्छ। तर त्यसका लागि पैसा भने रक्षा मन्त्रालयलाई संसदले अरू विषयकै लागि छुट्ट्याइदिएको बजेटबाट मिलाउनु पर्छ।

यदि त्यसो गरियो भने रिपब्लिकन सदस्य सहित कंग्रेसले विरोध गर्न सक्छ।

त्यसमाथि त्यस्तो कदमका विरुद्ध विपक्षीले कानुनी कारबाही पनि गर्न सक्छन्।

“त्यसैले कुनै पनि पर्खाल बनाउने राष्ट्रपतिय आदेशले अदालतमा हालिने त्यसविरुद्धका आवेदनहरूको पर्खाल पहिले नाघ्नुपर्ने हुन्छ।”

Share Now

Leave a comment.