लेटाड.(मोरड.), २१पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान खरिदमा भएको घोटला प्रकरणमा कसैलाई छुट नदिन सरकारलाई चेतावनी दिनै राष्ट्रको धन कसैलाई लुट्न नदिने बताउनुभएको छ।
नेपाल राष्ट्रिय मगर संघले मोरङको लेटाङमा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्याक्रमको उद्घाटन गदै सभापति देउवाले वाइडबडी विमान खरिद प्रकरणमा भष्ट्रचार गर्ने जो कोहीमाथि कारबाही हुने र नेपाली कांग्रेसले कसैलाई छुट नदिने चेतावनी दिनुभएको हो ।
पूर्वप्रधानमन्त्री देउवाले वाइडबडी विमान खरिद प्रकरणमा भष्ट्राचार भएको आशंका जाहेर भएको भन्दै आफ्नो पार्टी प्रतिपक्षमा रहे पनि कांग्रेसले यो प्रकरणमा संलग्न कसैलाई नछाडने र देशको पैसा लुटन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सरकारले वाइडबडी विमान खरिद प्रकरणको छानबिन गर्न अर्को कमिटी बनाएर सरकारले तथ्य लुकाउन खोजेको आरोप पनि लगाउनुभयो।
सभापति देउवाले ओली नेतृत्वको सरकारले कर थोपरेर तिर्न नसक्ने अवस्थामा उद्योगी व्यवसायी पुगेको बताउदै भन्नुभयो, ‘ओलीको सरकारले कर थोपर्नेबाहेक केही काम गरेन। त्यसैले, मैले त प्रधानमन्त्रीको नाम नै करप्रसार ओली राखेको छु।’
सभापति देउवाले वर्तमान सरकारले शान्ति सुरक्षाको आधारभूत कामसमेत गर्न नसकेको भन्दै सरकार असफल भएको बताउदै भन्नुभयो, ‘निर्माला पन्तको हत्यारालाई सरकारले बचाउन खोजेमा कांग्रेसले देशव्यापीरूपमा आन्दोलन गर्नेछ । कञ्चनपुर घटनामा सरकारको भूमिका संदेहको घेरामा रहेको छ।’


















