कीर्तिपुर(काठमाडौ), ४ पौष । नेपालको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिताको एभरेस्ट प्रिमियर लिगको दास्रो दिनको खेलमा पोखरा राइनोज र विराटनगर वारियर्स विजयी भएका छन् ।
कीर्तिपुरस्थित त्रि. वि मैदानमा मंगलबार समपन्न पहिलो खेलमा पोखरा राइनोजले चितवन टाईगर्सलाई १० विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा बिराटनगर वारियर्सले ललितपुर प्याट्रीयट्सलाई ६ रनले पराजित गरेको थियो ।
पहिलो खेलमा चितवन टाइगर्सले दिएको ११४ रनको लक्ष्य हासिल गर्ने क्रममा पाकिस्तानी खेलाडी इन्स्राउल्लाहले प्रतियोगिताको पहिलो अर्धशतक प्रहार गरे । उनले ५२ बलमा ६ छक्का र १ चौकाको सहयोगमा अविजित ६१ रन बनाए । उनलाई अविजित ४६ रन बनाएर सुनिल धमलाले साथ दिए ि५४ बल खेलेका धमलाले २ चौका र ३ छक्का प्रहार गर्दा मात्र १७।४ ओभरमा लक्ष्य पुरा गर्यो ।
यसअघि पहिले ब्याटिंग गरेको चितवन टाइगर्सले २० ओभरमा सबै विकेट गुमाएर मात्र ११३ रन बनाउन सक्यो । उसकालागि कप्तानी गरिरहेका दिपेन्द्र ऐरीले ४२ रन तथा अनिल मण्डलले ३२ रनको पारि खेलेपनि अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । दिपेन्द्र ३२ बलमा १ छक्का र ५ चौका प्रहार गरे भने अनिलले ४४ बलमा १ छक्का र ३ चौका हाने ।
चितवनको ब्याटिंग कमजोर बनाउने क्रममा म्यान अफ द म्याच समेत चुनिएका पाकिस्तानी खेलाडी इन्स्राउल्लाहले २२ रन खर्चेर ४ विकेट लिए भने ताज वलील ३ विकेटे लिए । बिक्रम सोब र शक्ति गौचनले १र१ विकेट लिएका थिए ।
त्यस्तै दोश्रो खेलमा बिराटनगर वारियर्सले अनिल शाहको ४७, पारस खड्काको ३८ तथा बाबर हायातको ३४ रनको मद्दतमा पहिले ब्याटिङ्ग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १५० रनको योगफल तयार पर्यो । अनिलले ३४ बलमा ३ छक्का र २ चौका, पारसले ३६ बलमा २ छक्का तथा बाबरले १ छक्का र ५ चौका प्रहार गरे ।
ललितपुरका सन्दिप लामिछानेले २ विकेट लिन २९ रन खर्चिए भने सुबोध भाटी र योगेश नागरले १र१ विकेट लिए ।
जवाफमा १५१ रनको लक्ष्य लिएको ललितपुर प्याट्रीयट्सले पुरै २० ओभरमा ४ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो र ६ रनले पराजित भयो । उसका लागि ओपनर पवन सर्राफले ५१ रनको पारि खेलेपनि जितको लागि पर्याप्त हुन सकेन । पवनले ४७ बलमा १ छक्का र ४ चौका प्रहार गरे । योगेश नागरले ३१ बलमा २७ रनको पारि खेल्दा २० रन अतिरिक्त आएको थियो ।
ललितपुरलाई लक्ष्य अगावै रोक्न बिराटनगरका कप्तान पारस खड्काले एकोनोमिकल बलिङ्ग गर्दै ३ ओभरमा १५ रन खर्चेर १ विकेट हात पारे । अन्स्युमन राथले २ ओभरमा २३ रन खर्चिएपनि ५१ रन बनाएका पवन सर्राफको विकेट लिए भने करण केसीको नाममा १ विकेट रह्यो ।
प्रतियोगितामा भोलि पहिलो खेल बिराटनगर वारियर्सले पोखरा राइनोज बीच हुनेछ भने दोश्रो भैरहवा ग्लाडीएटर्स र काठमाण्डौ किंग्स ११ बीच हुनेछ ।