Prakash Adhikari January 16, 2019

बैंकक(थाइलैण्ड), २ माघ । थाइल्याण्डमा भैरहेको थाइल्याण्ड महिला टि २० स्म्याश क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली महिला टोलीले बुधवार समुह चरणको अन्तिम खेल आयोजक राष्ट थाईलैण्डको टीमसंग खेल्दैछ।

समुह चरणको चौथो तथा अन्तिम खेलमा नेपालले थाइल्याण्ड “ए” टोलीको सामना गर्नेछ। सुरुवाती ३ खेल जित्दै सेमिफाइनल यात्रा तय गरिसकेको नेपालले अन्तिम खेल समेत जितेमा समुह ‘ए’ को बिजेता बन्नेछ। नेपाल रहेको समुह ‘ए’ मा युएई , चीन, मलेसिया र थाईल्याण्ड ‘ए’ टिम रहेका छन्।

थाइल्याण्डको राजधानी बैंककमा संचालन हुने खेल नेपाली समय अनुसार बिहान ८ : १५ बजेबाट सुरु हुनेछ।

प्रतियोगितामा नेपाल

बिनोद दासको प्रशिक्षणमा रहेको नेपाली महिला टोलीले यस प्रतियोगितामा अत्यन्तै उत्कृस्ट खेल प्रदर्शन गरिरहेको छ। आफ्नो पहिलो खेलमा चीन बिरुद्ध १० विकेटको सानदार जित निकालेको नेपाली टोलीले दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। यस्तै तेस्रो खेलमा नेपालले बलियो बिपक्षी मानिएको युएई बिरुद्ध ६ विकेटको सानदार जित निकाल्न सफल भयो।

प्रतियोगितामा नेपालका लागि ब्याटिंग तर्फ सिता राना मगरले ३ खेलमा कुल ७७ रन प्रहार गरेकी छिन्। युएई बिरुद्ध प्लेयर अफ दी म्याच समेत बनेकी उनले बलिंगतर्फ समेत ३ खेलमा २ विकेट हात पारेकी छिन्। यस्तै नेपालको ब्याटिंगमा अर्की ओपनर काजोल श्रेष्ठले ३ खेलमा ४५ रन प्रहार गरेकी छिन्।

बलिंगतर्फ नेपालका लागि प्रतियोगितामा सरिता मगरले र करुना भण्डारीले ३ खेलमा समान ४ – ४ विकेट लिएका छन्। टि२० अन्तर्राष्ट्रियमा डेब्यु गर्दै लगातार रुपमा ३ खेल जितेको नेपाली महिला टोली र थाइल्याण्ड ए बिरुद्धको खेल भने टि २० अन्तर्राष्ट्रिय हुनेछैन।

नेपाली टिम : रुबिना क्षेत्री (कप्तान) , सिता राना मगर (उप कप्तान) , करुना भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरति विडारि, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डली भट्ट, ममता चौधरी, बिन्दु रावल अतिरिक्त खेलाडी – रितु कनौजिया, ,सुमन बिस्ट, सबनम राई , सपोर्ट स्टाफ – बिनोद दास (प्रशिक्षक) अमृता पौडेल( व्यवस्थापक) , सकुना दानी (फिजीयो)

Share Now

Leave a comment.