सानेपा(ललितपुर), १० माघ । नेपाली कांग्रेसको बिहिबार बसेको केन्द्रिय कायसमितिको बैठकमा केही समययता दिवंगत हुनुभएका प्रजातन्त्रका सेनानीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरिएको छ ।
यस हिउँदमा नेपाली कांंग्रेसका तर्फबाट २०४९ मा स्याङ्जा जिल्ला विकास समितिका सभापति बन्नुभएका ७९ वर्षीय शिवकुमार अधिकारीको पौष १० गते, नेपाली कांग्रेस लम्जुङका पूर्व सभापति ७५ वर्षीय तारा कोइरालाको पौष २४ गते, गोरखाका प्रजातन्त्र सेनानी लोकप्रसाद ढकालको पौष २४ गते, २००७ सालको सशस्त्र संघर्षका योद्धा एवं प्रजातन्त्र सेनानी गणेशशरण रावलको पौष ३० गते, नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व महासमिति सदस्य ९२ वर्षीय भक्तध्वज प्रधानको माघ ३ गते, नेपाली कांग्रेस नगर कार्यसमिति पोखराका पूर्व सभापति ७३ वर्षीय केशवराज रेग्मीको माघ ३ गते र नेपाली कांग्रेस फिदिम नगरपालिका वडा नं। ५ का सभापति अमरकुमार तुम्वापोको माघ ६ गते, मोरङ्ग जिल्ला रङ्गेली गाविसका पूर्व सभापति तथा रङ्गेली वहुमुखी क्याम्पसका पूर्व अध्यक्ष ७० वर्षीय रामेश्वरप्रसाद यादव, पर्वतका पूर्व महाधिवेशन प्रतिनिधि ७७ वर्षीय भद्रबीर गुरुङको माघ ३ गते, प्रजातन्त्र सेनानी पर्वतका ८० वर्षीय धनबहादुर मल्ल, सुर्खेत साविक थुमाखहरेका निर्वाचित पूर्व अध्यक्ष ५९ वर्षीय सहवीर खत्रीको माघ ६ गते, कास्कीको साविक लेखनाथ न.पा. वडा नं. १३ का सभापति खिमबहादुर खत्रीको माघ १ गते निधन भएको थियो ।
त्यसैगरि नेपाली कांग्रेस काठमाडौँ—२ का महासमिति सदस्य लोकेश ढकालका ८६ वर्षीय पिता केशवप्रसाद ढकाल र नेपाल तरुण दलका पूर्व केन्द्रीय सचिव ईश्वर मानन्धरका माता दोलखाका इन्द्रमाया मानन्धरको निधनप्रति केन्द्रीय कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गरेको छ ।
नेपाली कांग्रेसले पार्टीको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पु¥याउनु भएको अतुलनीय योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चीर शान्तिको कामनाका साथ एक मिनेट मौन धारण गर्दै बैठक आरम्भ गरिएको थियो ।
कांग्रेसले शोक सन्तप्त परिवारजनप्रति कार्यसमितिको माघ १० गतेको बैठकले समवेदना प्रकट गरेको थियो ।


















