Prakash Adhikari January 25, 2019

दुवाई(संयुक्त अरब इमिरेट्स), ११ माघ । नेपाली राष्ट्रिय क्रिकेट टीमले आजदेखि संयुक्त अरब इमिरेट्स(युएई) संग एक दिवसीय अन्तष्ट्र्रिय खेल खेल्दैछ ।

नेपाल र युएईले सिरिजको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय दुबई स्थित आईसीसी एकेडेमी मैदानमा नेपाली समय ११ः१५ बजे सुरु हुनेछ।

नेपालले एकदिवसीय राष्ट्रको मान्यता पाएपछिको यो चौथो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुनेछ। यस अघि नेपालले गत वर्ष अगस्टमा नेदरल्याण्डसंग २ वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज खेलेको थियो भने गत अगस्टमा मलेसियामा सम्पन्न एशिया कप छनोटको दौरान युएईसँग खेलेको खेलले नेपालको ओडिआई खेल सङ्ख्या तीन मात्र पुगेको थियो।यो सेरिजको समाप्तिपछि नेपालको एक दिवसीय खेल संख्या ६ पुग्नेछ । एक दिवसीय मान्यता प्राप्त राष्टको वरियतामा सूचीकृत हुन ८ वटा अन्तर्राष्ट्रिय  खेल खेल्नुपर्ने हुन्छ ।

सिरिजमा नेपालको हार-जित, खेलाडीहरुको प्रदर्शनले आईसीसीको वरियतामा समेत प्रभाव पार्ने हुँदा सिरिजमा राम्रो प्रदर्शन दुवै देशको लागि महत्वपूर्ण रहेको छ।

सिरिज अन्तर्गत नेपालले पहिलो एकदिवसीय जनवरी २५ , दोश्रो २६ र तेश्रो २८ तारिकमा खेल्नेछ। ३ वटै एकदिवसीय खेलहरु युएईको स्थानीय समय अनुसार ९ः३० बजे अर्थात नेपाली समय ११ः१५ बजे सुरु हुनेछ।

नेपाल र युएईको नतिजा

नेपालले युएईसंग खेलेको पछिल्लो ५ एकदिवसीय मध्ये एउटा खेलमा मात्र जित हाँसिल गरेको छ। सन् २०१७ डिसेम्बरमा बिश्व क्रिकेट लिग च्याम्पियनसिपको २ वटा खेलमा नेपाल युएईसंग पराजित भएको थियो। त्यसपछि बिश्व क्रिकेट लिग डिभिजन(२ को लिग चरणमा नेपालले युएईलाई पराजित गर्दा सोहि प्रतियोगिताको फाइनलमा भने युएईले नेपाललाई पराजित गरेको थियो। त्यसपछि गत वर्ष अगस्टमा भएको एसिया कप छनौट प्रतियोगितामा पनि नेपाल पराजित भएको थियो।

नेपाली राष्टिय टीमका कप्तान पारस खड्काले खेलको पूर्वसन्ध्यामा सिरिजकोसबै खेल महत्वपूर्ण भएको बताउदै भनेका छन, अब नेपालले ३(४ वर्ष खेल्ने यस्तै सिरिज हो। एउटा एकदिवसीय राष्ट्रको रुपमा नतिजाहरु सबै रेकर्डमा जान्छ त्यसलाई संसारभरको क्रिकेट राष्ट्रहरुले हेर्ने गर्छन्। विश्वका टेस्ट राष्ट्रहरुसंग आगामी दिनमा खेल्नको अहिलेदेखि राम्रो खेल्दा अवसर जुर्दछ। वर्ष तीन चार बर्ष यताको नेपाल र युएईको हेड टु हेड नतिजा बराबरीकै छ। हाम्रो टिम उनीहरुलाई पराजित गर्न लायक छ।

टीम सदस्यको संरचना

नेपाली टोली : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), अभिनाश बोहरा, बसन्त रेग्मी, भिम शार्की, बिनोद भण्डारी (विकेट किपर), दिपेन्द्र ऐरी, करण केसी, ललित राजबंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहित पौडेल, सन्दिप लामिछाने, सोमपाल कामी, सन्दिप जोहरा ।

Related image

नेपालले सिरिजमा भिम शार्की, सन्दिप जोरा, अविनाश बोहरा र पवन सर्राफलाई पहिलो पटक मौका दिएको छ। अनुभवी खेलाडी शरद भेसावकर शरीरमा भिटामिन डी को मात्रा कमी भएकोले अस्वस्थ हुँदा सिरिजमा छैनन् ।

युएई टोली : मोहम्मद नबिद (कप्तान) मोहमद उस्मान (उपकप्तान), अस्फाक अहमद, चिराग सुरी, साइमन अनवर, मोहम्मद बुता, घुलाम शाबर, इमरान हैदर, ताहिर गुघद, अमिर हायत, जाहुर खान, क्वादिर अहमद, फहद नवाज, खब्दुर शाकुर, सुल्तान अहमद, सीपी रिजवान।

Image result for UAE Cricket Team ODI with NEpal

प्रतियोगितामा युएई क्रिकेट टिमका नियमित कप्तान रोहन मुस्तफा तथा अन्य २ खेलाडीहरु एहमद राजा र रामिज शाहजाद खेल्ने छैनन्। ३ जना खेलाडीहरुलाई गत वर्ष इमर्जिंग कप प्रतियोगिता दौरान आयोजकसंग असन्तुष्टी जनाएर सामाजिक संजालमा आक्रोश पोखेका कारण युएई क्रिकेट बोर्डले आठ हप्ताको प्रतिबन्ध लगाएको छ।

प्रतिबन्धमा परेका कारण रोहन मुस्तफा लगायत युएईका ३ खेलाडी खेल्ने छैनन् ।

एक दिवसीय सिरिज पछि टि २० सिरिजको पहिलो खेल जनवरी ३१, दोश्रो फेब्रुअरी १ तथा तेश्रो फेब्रुअरी ३ मा खेलिनेछ। सबै टि २० खेलहरु युएई स्थानीय समय दिउसो १ बजे अर्थात् नेपाली समय २ ः ४५ बजे दिउसो सुरु हुनेछन्। सबै खेलहरु दुबईस्थित आईसीसी एकेडेमी मैदानमा खेलिनेछ ।

Share Now

Leave a comment.