Prakash Adhikari February 11, 2019

मेलबर्न(अष्ट्रेलिया), २७ माघ । अष्ट्रेलियाको घरेलु क्रिकेट प्रतियोगिता बिग ब्यास लिग (बीबीएल) अन्तर्गत लिग चरणको टीमको अन्तिमक खेलमा नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने चम्किएपछि उनको टीम मेलबर्न स्टार्स दोश्रो चरण प्रवेश गरेको छ । आइतबार भएको खेलमा सिड्नी सिक्सर्सलाई ९४ रनको बिशाल अन्तरले पराजित गर्दै मेलबर्न स्टार्सले सेमिफाइनलमा स्थान पक्का गरेको छ।

्रप्रतियोगितामा १४ खेलबाट १० अंक बनाएको हबार्ट हरिकेन्स, १६ अंक बनाएको मेलबर्न रेनेगेड्स र सिड्नी सिक्सर्स तथा १४ अंक बनाएको मेलबर्न स्टार्स शीर्ष चारमा रहँदै सेमिफाइनलमा पुगेका छन।

Image result for sandeep lamichhane

फेब्रुअरी १४ तारिखमा हुने पहिलो सेमिफाइनलमा सन्दिप लामिछाने आबद्द मेलबर्न स्टार्सले हुबर्ट हुरिकेन्सको सामना गर्नेछ भने दोश्रो सेमिफाइनलमा रेनेगेड्स र सिक्सर्स भिड्नेछन्।
दोश्रो सेमिफाइनल फेब्रुअरी १५ मा हुनेछ।

आइतबार मेलबर्नमा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनायो।

मार्कस स्टनोइसको आक्रामक सुरुवातका बाबजुत पनि टिमले १६ ओभरमा मात्र १०१ रन बनाउंदा ४ विकेट गुमाएको थियो। ओपनर स्टनोइसले ३४ रन बनाउन २३ बलमा ७ चौका प्रहार गरेका थिए।

त्यस्तै पिटर ह्यान्ड्सकमले ३४ बलमा३५ रन बनाए ।

कप्तान म्याक्सवेलले ८२ रनको योगफल बनाए ।

मेलबर्न स्टार्सले दिएको १ सय ६९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको सिड्नी सिक्सर्सले १३.४ ओभरमा ७४ रन जोडेर सबै विकेट गुमायो।

खेलमा नेपाली स्टार सन्दीप लामिछानेले सानदार बलिंग गरे। २२ बल फ्याकेका उनले ३ विकेट लिंदा मात्र ११ रन खर्चिए। उनले चर्चित खेलाडी टम कर्रन, बेन ड्वारिस्स र ल्याएड पोपेलाई मैदानबाट बाहिर पठाए । यस अतिरिक्त उनले नथन लायनलाई रन आउट गरे । तेस्रो रन लिन दौडिने क्रममा डिप स्क्वार लेगमा रहेका सन्दिपले थर्ड म्यानको चौका बचाउँदै रन आउट गरेका थिए।

स्टार्सका तर्फबाट अर्का लेग स्पिनर एडम जाम्पाले २ विकेट लिए। उनले ३ ओभरमा १५ रन खर्चेर जोर्डन सिल्क र सेन एबटलाई आउट गरे। ड्यानीयल वोरलले २ विकेट लिन २४ रन खर्चिए।

सिडनी सिक्सर्सका कप्तान मोइजेज हेनरिकेज यसपटक पनि सन्दीपको हातबाट समातिए। उनलाई कप्तान म्याक्स्वेलले आउट गरे।

सिक्सर्सका लागि ब्याटिंग तर्फ ड्यानियलह्युजले सर्बाधिक १२ रन तथा स्टिव ओ’किफले अविजित ११ र कर्रनले १० रन बनाएका थिए।

खेलमा ८२ रनको पारि तथा १ विकेट समेत लिएका कप्तान म्याक्स्वेल प्लेयर अफ द म्याच चुनिए।

Share Now

Leave a comment.