काठमाडौं,५ फागुन । उपभोक्ताहरुको सुविधा र हितलाई केन्द्रमा राख्दै आएको भास्तोक इन्टरनेशनले नेपालका सवारी साधन , औद्योगिक उपकरण, जलविद्युतका टर्वाइन, हवाईजहाज लगायतका संयन्त्र र उपकरणलाई उपयोगी हुने युरोपको गुणस्तरीय लुब्रिकेन्ट आयल नेपाली बजारमा भित्र्याएको छ ।
भास्तोकले रुस र इटालीमा उत्पादन भएर युरोप र बाँकी विश्वमा बजार लिइरहेको ग्याजप्रोमनेफ्ट र जि इनर्जी ब्राण्डका लुब्रिकेन्टहरु नेपाली बजारमा ल्याएको हो ।
उच्चगुणस्तरका लुब्रिकेन्ट आयलहरु नेपाल भित्र्याएको अवसरमा भास्तोक इन्टरनेशनलले राजधानीको होटल सोल्टीमा एक भव्य कार्यक्रमको आयोजना गरी यी लुब्रिकेन्टको उपयोगले प्रयोगकर्ताको उपकरणहरुको जीवन बढ्ने दावी गरेको छ ।
जी इनर्जी र ग्याजप्रोमनेफ्टका उत्पादनहरु नेपाली बजारमा औपचारिक रुपमा प्रवेश गरेको सार्वजनिक गर्दै भास्तोकका अध्यक्ष कल्याणगोविन्द श्रेष्ठले साना,ठूला,भारी सवारी साधन, औद्योगिक उपकरण तथा संयन्त्रहरु, कृषि उपकरण,निर्माण उपकरण र जलविद्युत आयोजनाका टर्वाइनहरुका लागि अत्यन्त उपयोगी हुने विश्वस्तरीय लुब्रिकेन्टहरु नेपाली उपभोक्ता सामु ल्याउन पाएको अत्यन्त हर्ष लागेको बताउनुभयो ।
उहाँले आगामी दिनमा यस्ता धेरै उत्पादनहरु नेपाली बजारमा ल्याइने आश्वासन पनि दिनुभएको छ ।
कार्यक्रममा भास्तोकका प्रमुख सञ्चालन अधिकृत पुष्कर वाग्लेले युरोपेली गुणस्तरका लुब्रिकेण्टहरुको नेपाल प्रवेशले सवारी साधन र विभिन्न उपकरण तथा संयन्त्र सञ्चालहरुलाई भरपर्दो सेवा प्राप्त हुने सम्बन्धित उपकरण तथा सवारी साधन र संयन्त्रहरुको आयु लम्बिन जाने बताउनु भयो ।
कार्यक्रममा जी इनर्जी र ग्याजप्रोमनेफ्टका प्रतिनिधिहरुले कम्पनीले रुस,इटाली र युरोपेली शहरहरुमा सेवा केन्द्र खोलेर उपभोक्ता र ग्राहकको सेवा दिंदै आएको बताउदै नेपालमा पनि त्यस्तो सेवा केन्द्र खोलिने बताउनुभएको थियो ।
सन २००७ पीजीएससी नामक ग्यास उत्खनन र उत्पादन गर्ने कम्पनीको सहायक कम्पनीको रुपमा स्थापना भएको ग्याजप्रोमनेफ्टका लुब्रिकेन्ट आयललाई एशिया,युरोप र अमेरिकाका ३३० भन्दाबढी ठूलास्तरका अटोमोबाईल उत्पादन कम्पनीेहरुले अनुमोदन गरेका छन् भने गेजप्रमोनेफ्टका उत्पादनहरुले रुसको बजारको २३ प्रतिशत हिस्सा ओगटेका छन् । यस कम्पनीका प्रिमियम ब्राण्ड इन्जिन आयल,ग्रिज र टेक्निकल फ्ल्यूड जस्ता लुब्रिकेन्ट अहिले विश्वका ७५ देशमा विक्री भैरहेको छ । आईएसओ ९००१,आइएसओ १४००१ओएचएसएएस १८००१ र आइएसओ/टीएसआई १६९४९ जस्ता अन्तराष्टिय गुणस्तर चिन्ह प्राप्त यी उत्पादनहरुको गुणस्तर नाप्ने अत्याधुनिक प्रयोगशाला पनि छ । रुसमा मात्र यी लुब्रिकेण्टको बार्षिक ६ लाख टन उत्पादन हुने गरेको छ ।
एसीएफ प्रविधिमा उत्पादन गरिएको जी इनर्जी इन्जिन आयल युरोपका अत्याधुनिक प्रविधिमा उत्पादित कारहरुलाई लक्षित गरी बनाइएको हो । यो लुब्रिकेन्ट एशिया र अमेरिकाका आधुनिक प्रविधिका कारहरुको लागि पनि उत्तिकै उपयोगी हुने दावी कम्पनीले गरेको छ ।
भास्तोकले दुवै ब्राण्डका इन्जिन आयल, कम्प्रेसर आयल, गियर आयल, ग्रीज, कूलेन्ट, टान्समिसन आयल, टर्वाइन आयल,हाइडेलिक, यात्रु सवारी साधन, व्यवसायिक सवारी साधन, औद्योगिक संस्था,जलविद्युत, दुई पांग्रे र चार पांग्रे सवारी साधन आदिका लागि उपयोगी भएको र नेपाली बजारमा उपलब्ध भएको बताएको छ ।