Prakash Adhikari February 17, 2019

 

मेलबर्न(अष्टेलिया), ५ फागुन । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्स अष्टेलियाको चर्चित घरेलु लिग बिग ब्यासको उपाधि जित्नबाट बञ्चित भएको छ । आइतबार सम्पन्न फाइनलमा स्टार्स मेलबर्न रेनेगेट्सँग १३ रनले पराजित हुँदै उपविजेतामा सीमित रह्यो ।

फ्लिप जितेर बलिड. रोजेको मेलबर्न स्टार्सले रेनेगेट्सबाट १४६ रनको लक्ष्य पाएको थियो ।

उत्कृष्ट सुरुवात गरेको स्टार्स २० खेललाई सोही गतिमा निरन्तरता दिन चुक्यो र ७ विकेट गुमाउँदै १३२ रनमा रोकियो ।

उत्कृष्ट सुरुवात गरेको स्टार्सले पहिलो विकेटकालागि ९३ रनको साझेदारी गरेको थियो । तर त्यसपछि उसले स्कोरबोर्डमा अरु १९ रन थप्दा सात विकेट गुमायो । उसका ओपनर बेन डंकले ५७ रन बनाए भने मार्कुस स्टोनीसले ३९ रन बनाए । तर त्यसपछि अरु कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

उसलाई कम स्कोरमा रोक्न मेलबर्न रिनेगेट्सका ट्रिमेन, बोयस र क्रिस्टियनले दुई दुई विकेट लिए ।

यसअगाडि फ्लिप हारेर ब्याटिड.को निम्तो पाएको मेलबर्न रिनेगेट्सले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १४५ रन बनाएको हो । रेनेगेट्सका लागि डेनियल क्रिष्टियनले सर्वाधिक ४३ रन बनाउँदा टम कुपरले २८ रनमा नट आउट रहे । यी दुईका बीचमा ८० रनको साझेदारी भएपछि रेनेगेट्सले सम्मानजनक स्कोर बनाएको हो ।

मेलवर्न स्टार्सका लागि सन्दीप लामिछानेले ४ ओभर नै बलिङ गर्ने मौका पाए । २४ बलमा १६ रन जोड्ने मौका दिएका सन्दीपले विकेट भने हात पार्न सकेनन् । उनको स्पेलमा जम्मा एउटा चौका प्रहार भएको थियो ।

Share Now

Leave a comment.