Prakash Adhikari February 21, 2019

काठमाडौं, ९ फागुन । नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयका प्रतिनिधिबीच राहत शिक्षक, बालकक्षाका शिक्षक, उच्च माध्यमिक तहका शिक्षक,प्राविधिक धारका शिक्षक र विशेष विद्यालयका शिक्षकहरुको समस्या समाधानका लागि बिहिबार २० बूँदे सहमति भएको छ ।

सम्पन्न सहमति अनुसार सरकारले यी वर्गका विद्यालयका शिक्षकहरुको पदलाई स्वीकृत दरबन्दीमा परिणत गरी १ बर्षभित्र उमेरको हद नलाग्ने गरि आन्तरिक र खुला प्रतियोगितामा सबै शिक्षकलाई स्थायी हुन मौका दिनेछ ।

सहमतिमा शिक्षकसंग सरोकार रहेका पाठ्यक्रमको ढाँचा, शिक्षक परिषद्,जिल्ला शिक्षा ईकाई, विद्यालय व्यवस्थापन समिति,दरबन्दी मिलान र पुनर्वितरण,नमूना विद्यालय छनौट र स्वीकृति, संघीय ऐनमा गरिनुपर्ने व्यवस्था, राहत शिक्षक,बालकक्षा शिक्षक तथा तात्कालिन उच्च माध्यमिक तहका शिक्षक,विद्यालय कर्मचारी, शारीरिक रुपले अपाड.ग तथा द्धन्द्ध पीडित शिक्षक, सामाजिक सुरक्षा कार्यक्रम,आन्तरिक प्रतियोगिता छुटेका अस्थायी शिक्षक लगायत विद्यालयस्तरका शिक्षा र शिक्षकसंग सम्बन्धित धेरै विषयहरु समेटिएका छन् ।

सहमतिमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका तर्फबाट सचिव खगराज बराल, शिक्षा तथा मानव स्रोत विकासका महानिर्देशक बाबुराम पौडेल, मन्त्रालयका सहसचिव बैकुण्ठप्रसाद अर्याल र कृष्णप्रसाद काप्रीले हस्ताक्षर गर्नुभएको छ भने नेपाल शिक्षक महासंघका तर्फबाट अध्यक्ष बाबुराम थापा,राजेन्द्रराज पौडेल,लक्ष्मण शर्मा,शंकर अधिकारी,पूर्ण दवाडी,लक्ष्मी किशोर सुवेदी, सानोभाई कार्की,रमेश रुपाखेती, शरदराज पाण्डे,हेमचन्द महतो र प्रदीप श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

 

Share Now

Leave a comment.