Prakash Adhikari February 21, 2019

 

काठमाडौं, ९ फागुन । नेपाली राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी सम्हाल्न स्वीडिस प्रशिक्षक योहान कालिन बिहीबार काठमाडौं आइपुग्नुभएको छ ।

कालिनलाई स्वागत गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

एन्फाले कालिनसँगको आर्थिक सम्झौताबारे केही खुलाएको छैन ।

कालिन बिहीबार काठमाडौं आर्लिए लगतै सिधै सातदोबाटो स्थित एन्फा कम्प्लेक्स पुग्नुभयो र एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतका अन्य पदाधिकारीहरुसँग भेटघाट गर्नुभयो ।

युइएफए लाइसेन्स प्राप्त प्रशिक्षक कालिन कै प्रशिक्षकीय जिम्मेवारीमा केही बर्ष अघि सम्पन्न रेडबुल ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले सनसनी मच्याउँदै दोस्रो स्थान हासिल गर्न सफल भएको थियो ।

Share Now

Leave a comment.