हनोइ (भियतनाम),१५ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर सम्मेलनले सकारात्मक नतिजा निकाल्ने आफ्नो विश्वास रहेको उत्तर कोरियाली नेता किम जोङ उनले बताउनुभएको छ ।
— The White House 45 Archived (@WhiteHouse45) February 27, 2019
दुई नेताबीच भियतनामको राजधानी हनोइमा बुधबार भएको भेटमा किमले ट्रम्पलाई भन्नुभयो, “म विश्वस्त छु कि सम्मेलनबाट विशिष्ट परिणाम प्राप्त हुनेछ, जसलाई सबैले स्वागत गर्नेछन् ।” “म वार्ता सफल पार्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु,” किमले भन्नुभयो ।
अमेरिकी राष्ट्रपति ट्रम्प र नेता किम हनोइस्थित सोफिटेल मेट्रोपोल होटेलमा एकआपसमा करिब २० मिनेट कुराकानी भएको थियो । त्यसपछि उहाँहरू आफ्ना निकट सहयोगीका साथ सोही होटेलमा हल्का भोजमा सहभागी बन्नुभएको थियो ।
— The White House 45 Archived (@WhiteHouse45) February 27, 2019
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेताबीच गत बर्षको जुनमा पहिलो पटक भेट भएको थियो । उक्त भेटमा नेता किमले कोरियाली प्रायद्वीपलाई आणविक हतियारबाट स्वतन्त्र बनाउने बिषयमा हस्ताक्षर गर्नुभएको थियो । तर वार्तापछि लामो समयसम्म उत्तर कोरिया र अमेरिकाबीच औपचारिक छलफल हुन सकेको थिएन ।

“हामी पुनः वार्ताका लागि हनोइ आएका छौँ,” किमले थप्नुभयो । मलाई लाग्छ थप विचारकासाथ अघि बढ्ने समय आएको छ । “हामीले यस घडीमा धैर्य बन्दै उत्कृष्ट सोचविचारसहित अघि बढ्ने प्रयास गर्नुपर्छ ।” दुई नेताबीच कुराकानी हुनु पहिले उनीहरूले हार्दिकतासाथ हात मिलाएका थिए । उहाँहरू बिहीबार पुनः भेट्ने र बिस्तृत छलफल हुनेछ ।(रासस/एएफपी)
–


















