Prakash Adhikari March 1, 2019

काठमाडौं, १८ फागुन । शुक्रबारदेखि प्रदर्शनमा आएको सुपरस्टार अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ले दर्शकहरुको अपार माया पाएको छ ।
वर्ष २०७५ को सबैभन्दा प्रतिक्षीत फिल्म मध्येको एक यस फिल्मको ओपनिड. अकुपेन्सी ७० प्रतिशतसम्म रहेको छ । सिंगल थिएटर र मल्टिप्लेक्स सबैतिर लागेको यो फिल्मको शुक्रवार बिहानदेखि साँझसम्म ७० प्रतिशतको आसपास ओपनिङ अकुपेन्सी रहेको वितरक मनोज राठीले जानकारी दिएका छन् । फिल्मलाई ‘छक्का पञ्जा ३’ पछिकै ठूलो ओपनिङ मिलेको उनको दाबी छ ।

देशका लागि फूटबल खेलमा गोल्ड मेडल जित्ने अठोट बोकेर हिँडेको एक युवकको जीवनमा आउने उचार(चढावमा केन्द्रित यस फिल्ममा अनमोल फुटबल खेलाडीको भूमिकामा छन् । फिल्मलाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । भुवन केसी निर्मित फिल्मको पटकथा सामिप्यराज तिमल्सिनाको हो ।

केही महिनायता खडेरी लागेको नेपाली फिल्मको व्यापारलाई यस फिल्मले चलायमान बनाउने विश्वास चलचित्रकर्मीहरुमा छ । दशैंमा प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ३’ पछि कुनै नेपाली फिल्मले राम्रो व्यापार गर्न सकेका छैनन् ।

शुक्रवार बिहानदेखि साँझसम्म राजधानीका मुख्य स्टेशनमा युवाहरुको भीडभाड थियो । दर्शक प्रतिक्रिया राम्रो भएका कारण फिल्मले शनिबार देशभर आक्रामक व्यापार गर्नेमा  वितरक राठीले विश्वस्त छन् ।

फिल्मको मूल कथा फुटबलको भए पनि दर्शकले बढी इन्जोय चाहिँ लभस्टोरी र कमेडी पाटोमा गरेका छन् ।

अनमोलले क्याप्टेनमा आफ्नो तर्फबाट उत्कृष्ट अभिनय दिएका छन् । उनले फुटबल खेलाडी ईशानको चरित्र न्यायपूर्वक निभाएका छन् । यस्तै, नव(अभिनेत्री उपासना सिंह ठकुरीले यस फिल्मबाट राम्रो सम्भावना देखाएकी छन् ।

Share Now

Leave a comment.