Prakash Adhikari March 6, 2019

 

वासिङ्टन(संयुक्त राज्य अमेरिका) , २१ फाल्गुन । अमेरिकी पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनले आगामी बर्ष हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा आफ्नो उम्मेदवारीका लागी दावी नरहने बताउनुभएको छ । तर निर्वाचनमा सक्रियसाथ सहकर्मीको प्रचारप्रसारमा लाग्ने उहाँले बताउनुभयो ।

प्रसिद्ध अमेरिकी टेलिभिजन न्युज १२ द्वारा सोमबार प्रशारण गरिएको अन्तर्वार्तामा सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको प्रतिस्पर्धामा डोनाल्ड ट्रम्पसँग पराजित बनेकी हिलारीले भन्नुभयो,“मैले निर्वाचनमा सक्रियताका साथ डिमोक्रेटिक पार्टीको पक्षमा प्रचारप्रसारमा लाग्नेछु ।”

पूर्व सांसद तथा प्रथम महिला क्लिन्टनले भन्नुभयो, हाम्रो देशमा निर्वाचनमा को उम्मेदवार हुने भन्ने सवाललाई लिएर सोधिने प्रश्नले आफूलाई साँच्चै समस्यामा पार्ने गरेको छ ।

उहाँले डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदका आकाङ्क्षीहरूलाई सङ्केत गर्दै उहाँले भन्नुभयो, “ट्रम्प प्रशासनबाट गर्न नसकेका वास्तविक समस्या र प्रतिवद्धता पूरा नभएका बिषयको लामो सूची छ त्यसैले कुनै कुरालाई ग्यारेन्टीसाथ नलिनुस् ।”
(रासस/एपी)

Share Now

Leave a comment.