ह्युस्टन, टेक्सस(संयुक्त राज्य अमेरिका), २१ फाल्गुन । नेपालीहरुको बाक्लो उपस्थिति रहेका अमेरिकी शहरहरु टेक्सासको ह्युस्टन र डल्लास तथा क्यालिफोर्नियाको लसएन्जल्समा रहेका नेपालीहरुले आफूले बनाएका पशुपतिनाथ र शिवमन्दिरहरुका हिन्दुहरुको महान पर्व शिवरात्रि धार्मिक विधिपूर्वक पूजा अर्चना गरेर मनाएका छन् ।
सन् २०१७ मा नेप्लिज एशोसियसन अफ ह्युस्टनले ८.२ एकर (करीब ६६ रोपनी) जमीन सहितको कृष्ण प्रणामी मन्दिर र त्यससंगै रहेको पशुपति मन्दिर खरीद गरेपछि ह्युस्टनको नेपाली समुदायले सामुहिक रुपमा नेपाली धर्मरसांस्कृतिक पर्वहरु मनाउने गदैैआएको छ ।
हिमालयन कल्चरल सेन्टर तथा पशुपति मन्दिर व्यवस्थापन समितिले महाशिवरात्री पर्वका अवसरमा मन्दिर आउने भक्तजनहरुका लागि बिहान ११ बजे र बेलुकी ७ बजे गरेर दुई सिफ्टमा पूजा गर्ने व्यवस्था गरेको थियो। प्रति परिवार २५ डलर शुल्क लिएर पूजा सामग्री सहित विशेष पूजा गर्ने व्यवस्था मिलाएको मन्दिर व्यवस्थापन समितिले भक्तजनहरुलाई प्रसादको समेत व्यवस्था गरेको थियो भने साँझ शिवधुनी समेत लगाएको थियो।
मन्दिर व्यवस्थापन समितिका सदस्य द्रोण गौतमका अनुसार बिहान र बेलुकी गरेर करीब १५० परिवारले महाशिवरात्री विशेष पूजामा सहभागिता जनाएका थिए।
टेक्सास कै अर्को शहर डल्लासस्थित नेपाली मन्दिर र क्यालिफोर्नियाको लसएन्जलसस्थित पशुपति बुद्ध मन्दिरमा पनि महाशिवरात्रीको विशेष पूजा(अर्चना भएको छ।
लसएन्जलसको नेपाली समुदायले पशुपतिनाथ(बुद्ध मन्दिरको औपचारिक उद्घाटन ुसोमबारमात्र सम्पन्न भएको हो।