कराँची(पाकिस्तान), २५ फागुन । पाकिस्तानको चर्चित घरेलु लिग प्रतियोगिता पाकिस्तान सुपर लिग अन्तरगतको २७ औं खेलमा नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध लाहोर क्वालान्दर्सले इस्लामावाद युनाइँटेडसंग प्रतिस्पर्धा गर्दैछ ।
लिग अन्तरगत पाकिस्तानी शहरका हुन लागेको यो पहिलो खेल साँझ ७ : ४५ मा सुरु हुनेछ ।
पाकिस्तान युनाइटेडका लागि यो १० औं खेल हो । उसले हालसम्मका ९ वटा खेलमा ४ मा जित र ५ मा हार व्यहोर्दै ८ अंक बटुलेको छ । ऊ अंक तालिकाको तेस्रो स्थानमा छ ।
| TEAM | M | W | L | T | P | NRR |
|---|---|---|---|---|---|---|
| QG | 9 | 7 | 2 | 0 | 14 | 0.423 |
| PZ | 9 | 6 | 3 | 0 | 12 | 0.566 |
| IU | 9 | 4 | 5 | 0 | 8 | -0.139 |
| KK | 8 | 4 | 4 | 0 | 8 | -0.459 |
| LQ | 8 | 3 | 5 | 0 | 6 | -0.304 |
| MS | 9 | 2 | 7 | 0 | 4 | -0.145 |
यता नेपाली खेलाडी सन्दीप आबद्ध लाहोर क्वालन्दर्सका लागि भने यो नवौं खेल हुनेछ । उसले हालसम्मका ८ वटा खेलमा ३ मा जित र ५ मा हार व्यहोर्दै ६ अंक बटुुलेको छ । ऊ अंक तालिकाको पाँचौ स्थानमा छ ।
पछिल्ला ५ खेलमा दुवैको अवस्था बराबरीको रहेको छ ।
यसै संस्करणको पहिलो भेटमा इस्लामावाद युनाइटेडले लाहोर क्वालान्दर्सलाई ५ विकेटले पराजित गरेको थियो । २०१७ को प्रतियोगितामा दुवै खेल लाहोरले जितेको थियो भने २०१८ को संस्करणमा एक खेल इस्लामावादले जित्यो र अर्को खेल बराबरीमा पुग्यो । एक ओभरको इलिमिनेटर खेलमा इस्लामावादले जित्यो ।
खेलको अर्को चरणमा पुग्नका लागि सन्दीपको लाहोर क्वालान्दर्सलाई आजको खेल जित्नै पर्ने दवाव छ ।
यो खेल जितेमा ऊ तेस्रो वा चौथो स्थानमा उक्लिने छ ।
त्यसपछि मुल्तान सुल्तानसंग हुने खेलमा पनि बिजय निकाल्यो भने उसको अर्को चरण प्रवेश सुनिश्चित हुनेछ ।
अघिल्लो खेलमा विकेटबिहिन बन्न पुगेका सन्दीपको आजको प्रदर्शनलाई सबैले निकै उत्साहपूर्वक हेरेका छन् ।
अष्ट्र्ेलियाको विग ब्यास लिगमा पनि सन्दीप लिग चरणको दोस्रो अन्तिम खेलमा विकेटबिहिन बने र त्यसपछिको खेलमा उनले ३ विकेट लिए र उनकै बलमा मेलबर्न स्टार सेमिफाइनलमा पुग्यो र फाइनलसम्मको यात्रा तय गर्यो ।


















