काबुल(अफगानिस्तान), १३ पौष(बीबीसी) । अफगानिस्तानको राजधानी काबुलको शिया सांस्कृतिक केन्द्रमा भएको आत्मघाती हमलामा कम्तीमा ४० जना मारिएको र ३० जना घाइते भएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ।
अफगानिस्तानको आन्तरिक मन्त्रालयका एक अधिकारीले बीबीसीलाई बताएअनुसार सो आत्मघाती विस्फोटअघि त्यस क्षेत्रमा दुईवटा विस्फोटन भएका थिए।
विस्फोटनको जिम्मेवारी आइएसआइले लिएको छ ।
पछिल्ला केही महिनायता तथाकथित इस्लामिक स्टेटले देशैभर शिया निशानाहरुमा आक्रमण गर्दै आएको छ।
तालेबानले पछिल्लो आक्रमणमा आफ्नो संलग्नता नरहेको एक वक्तव्यमा उल्लेख गरेको छ।
निशाना
उप(आन्तरिक मन्त्री नस्रत राहिमीले एएफपी समाचार संस्थालाई भने, ूताबायान सांस्कृतिक केन्द्रलाई निशाना बनाइएको छ। विस्फोटनको बेला त्यहाँ अफगानिस्तानमा अफगानिस्तानमा सोभियत हस्तक्षेप भएको ३८ औं वर्षगाँठको अवसरमा एक कार्यक्रम भइरहेको थियो।
सो केन्द्रमा सञ्चारमाध्यमका प्रतिनिधिहरु र विद्यार्थीबीच छलफल गरिरहेको बताइएको छ।
तर हालैका महिनाहरुमा इस्लामिक स्टेट संगठनले काबुल र अन्य स्थानका शिया मस्जिद र केन्द्रहरुमा आक्रमण बढाएको छ।
अफगान राजधानीमा बिहीवार अर्को पनि विस्फोटनको घटना भएको बताइएको छ।
गएको अक्टोबरमा एउटा मस्जिदमा भएको हमलामा कम्तीमा ३९ जनाको मृत्यु भएको थियो।