Prakash Adhikari December 28, 2017

शीतल निवास (काठमाडौं), १३ पौष ।राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज राष्ट्रियसभाको अध्यादेश, नयाँ सरकार गठनलगायतका विषयमा भेटवार्ता भएको छ।

राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न सो भेटमा राष्ट्रपतिसमक्ष माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अध्यादेश जारी गरेर वर्तमान राजनीतिक गतिरोधको अन्त्य गर्न सुझाव दिएका थिए ।

एकदिन पहिले नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीलाई उनको भक्तपुर बालकोटस्थित निवासमा पुगेर भेट गरेको माओवादी केन्द्रका अध्यक्षको यो भेटलाई निकै अर्थपूर्ण ढंगले हेरिएको छ ।

निर्वाचनमा विजयी बनेका दलहरुको हठकै कारण संवैधानिक प्रक्रियाबाट नयाँ सरकार गठन गर्ने मार्ग अवरुद्ध हुन गएको छ ।

प्रारम्भमा राष्ट्र्यि सभा निर्वाचन सम्बन्धि अध्यादेशका बारेमा एमालेसंग समान धारणा बनाएको बामगठबन्धनकै अर्को घटक माओवादीले केही समययता यसमा पृथक धारणा बनाएको छ ।

बहुमतीय आधारमा जादा राष्ट्र्यि सभा प्रतिपक्ष विहिन हुने अवस्था आउने जोखिम भएको र संविधानको आशय त्यस्तो नभएकोले अध्यादेश जारी गर्नु उपयुक्त हुन्छ भन्ने विचार सो पार्टीका अध्यक्ष प्रचण्डले चितवन र तराईका विभिन्न मञ्मा व्यक्त गरिसकेका छन् ।

एमाओवादी अध्यक्षसंगको भेटलाई राष्ट्र्पतिलाई सहजीकरण गर्ने माध्यमको रुपमा उपयोग गरिएको ढंगले बुझिएको छ ।

राष्ट्र्र्पति भण्डारीले अब प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्र्यि पार्टीहरुको सामूहिक बैठक गरी अध्यादेश जारी गर्ने निर्णय लिन सक्ने प्रवल संभावना रहेको छ ।
बिहिबारको भेटमा राष्ट्र्पति भण्डारीले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनबाट प्राप्त ताजा जनादेश बमोजिम चाँडो नयाँ सरकार गठन भई मुलुकको समृद्धितर्फ लाग्ने कार्यमा सफलता मिलोस् भनी अध्यक्ष दाहाललाई शुभकामना व्यक्त गरेकी थिइन।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार जनताको भावना बमोजिम सरकार गठनपछि मुलुकको आर्थिक सामाजिक रुपान्तरण र समृद्धिले गति लिने अपेक्षासमेत उनले व्यक्त गरेकी थिइन्।

Share Now

Leave a comment.