कीर्तिपुर(काठमाडौं) १३ पौष । भैरहवा ग्लाडियटर्सले एभरेस्ट प्रिमियर लिगको फाइनलको यात्रा तय गरेको छ ।
प्रतियोगिताको दोश्रो क्वालिफायर खेलमा ललितपुर प्याट्रीयट्सलाई रोमान्चक खेलमा ३ विकेटले पराजित गर्दै भैरहवा ग्लाडीएटर्स फाइनलमा प्रवेश गरेको छ । फाइनलमा भैरहवाले बिराटनगर वारियर्सको सामना गर्नेछ ।
बिहिबारको क्वालिफायर खेलमा ललितपुरले दिएको १ सय ३३ रनको लक्ष्यलाई भैरहवाले ३ बल अगाबै ७ विकेटको क्षतिमा पुरा गरेको थियो ।
भैरहवाकालागि ओपनर प्रथम सालुंखेले ३२ रन बनाउन २२ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए भने भुपेन्द्र थापाले १९ रन बनाउन २९ बलमा १ छक्का प्रहार गरे । खेलमा पुनित मेहराले पनि ११ बलमा १६ रन बनाए ।
अन्तिम ओभरमा जितका लागि १३ रन आवश्यक रहेको अवस्थामा रोहितकुमार पौडेलले पहिलो २ बलमा लगातार २ छक्का प्रहार गर्दै खेल जिताए। उनले अविजित २८ रन बनाउन १७ बलमा २ छक्का र १ चौका प्रहार गरे।
उनी म्यान अफ द म्याच समेत घोषित भएका थिए ।
बलिंगतर्फ ललितपुरका ललित राजबंशीले २ विकेट हात पार्न ४ ओभरमा ९ रन मात्र खर्चिए त्यस्तै पवन सर्राफले २५ रनमा २ विकेट लिदा रशिद खानको नाममा १ विकेट रह्यो ।
यसअघि टस हारेर पहिले ब्याटिंग गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३२ रनको योगफल तयार पारेको थियो । उत्कृष्ट सुरुवात गरेको उसका लागि ओपनर जयकिशन कोल्सावालाले ४२ रन बनाउदै पहिलो विकेटका लागि शंकर रानासँग मिलेर ५१ रनको साझेदारी गरेका थिए । कोल्सावालाले ३७ बलमा २ छक्का र ५ चौका प्रहार गरे भने शंकर रानाले मात्र १२ रन बनाउन सके ।
त्यस्तै ज्ञानेन्द्र मल्लले २४ बलमा २०, संन्नी पटेलले १८ बलमा अविजित २४, सोनु तामांगले ४ बलमा १० तथा दिपेश भण्डारीले ९ बलमा २ चौका र २ छक्का सहित २२ रन प्रहार गरेका थिए ।
बलिंगतर्फ भैरहवाका पुनित मेहराले २ विकेट लिदा हरिशंकर शाह र भुवन कार्कीको नाममा एकएक विकेट रह्यो ।
फाइनल खेल शनिबार बिहान ११ बजे सुरु हुनेछ ।
Pos Team P NRR PTS
1 Biratnagar Warriors 5 1.235 10
2 Bhairahawa Gladiators 5 0.208 8
3 Lalitpur Patriots 5 0.128 4
4 Pokhara Rhinos ` 5 0.062 4
5 Kathmandu Kings XI 5 -0.682 2
6 Chitwan Tigers 5 -0.998 2