Prakash Adhikari March 23, 2019

काठमाडौं, ९ चैत्र । नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाको स्वास्थ्य अवस्थाको जानकारी लिन मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा पुग्नुभएका कांग्रेस नेताहरुले उहाँको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको दावी गर्नुभएको छ ।

नेता सिटौलालाई भेट्न कांग्रेसका महामन्त्री डा. सशांक कोइराला, पूर्व महामन्त्री एवम् उपधानमन्त्री प्रकाशमान सिंह, नेपाली कांग्रेस संसदीय दलकी सचेतक तथा केन्द्रीय सदस्य पुष्पा भूसाल, केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडु लगायतका नेताहरु पुग्नुभएको थियो ।

वरिष्ठ नेता सिटौलालाई भेटेर फर्कनुभएका काठमाडौं कांग्रेसका परशुराम पोख्रेलले पनि फेसबुकमा उहाँको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको उल्लेख गर्नुभएको छ ।

रगतमा हेमोग्लोविनको मात्रा कम भएर कमजोर भएपछि कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौला शुक्रबार मण्डिखाटार अवस्थित ह्याम्स अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँलाई इन्सेन्टिभ केयर युनिट(आईयुसी)मा राखेर  उपचार गरिएको छ ।

Share Now

Leave a comment.