मुम्बई(भारत), १० चैत्र । इन्डियन प्रिमियर लिगको १२ संस्करण अन्तरगत आइतबार सम्पन्न तेस्रो खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स्ले प्रतिस्पर्धी मुम्बई इण्डियनलाई ३७ रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।
आईपीएलको ११ औं संस्करणमा सन्दीपको दिल्ली अंकतालिकाको पुछारमा रहँदै प्ले अफ नपुगी प्रतियोगिताबाट बाहिरिएको थियो ।
नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेलाई पहिलो खेलको अन्तिम ११ मा मैदानमा नउतारिकन खेलमा निस्केको दिल्लीले टस हारेर पहिले ब्याटिंग गर्दै २ सय १३ रनको विशाल योगफल तयार पारेको थियो ।

२ सय १४ रनको लक्ष्य पाएको मुम्बई इण्डियन्सले १ सय ७६ रनमा सम्पूर्ण विकेट गुमाएपछि दिल्लीले पहिलो खेलमा ३७ रनको विजय पायो ।
मुम्बईले राम्रो सुरुवात भएन । ओपनरद्धय रोहित शर्मा १४ रन तथा क्विन्टन डी कक् २७ रन बनाएर आउट भए भने सूर्यकुमार यादव २ रन बनाएर आउट भए । मुम्बईले पहिलो ३ विकेट ४५ रनमै गुमाउन पुग्यो।
चौथो विकेटको लागि युबराज सिंह र काइरन पोलार्डले ५० रनको साझेदारी गरे। पोलार्ड २१ रनमा आउट भए पछि हार्दिक पान्ड्या मैदानमा आए तर उनी खाता नखोली आउट भए। १२ औं ओभरमा मुम्बईले ५ विकेट गुमाइसकेको थियो, त्यतिबेला उसले जम्मा ९५ रन बनाएको थियो ।
त्यसपछि युवराज र क्रुनल पान्ड्याले छैठौं विकेटको लागि ३९ रनको साझेदारी गरे। क्रुनल ३२ रनमा आउट भए । त्यसपछि ब्याट सम्हालेका बेन कटिंग पनि ३ रन मात्र बनाएर पेभेलियन फर्किए।

युवराज सिंह
अर्धशतक बनाउदै सिजनको सुरुवात गरेका पनि ५३ रन बनाएर युवराज सिंह आउट भएपछि मुम्बईलाई जितको नजिक पुग्न कठिन हुँदै गयो । हुँदा मुम्बई जितबाट अझै टाढा थियो। सिंहले ३५ बलमा ३ छक्का र ५ चौका प्रहार गरे।
१९.२ ओभरमा मुम्बईले १ सय ७६ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।
दिल्लीको जितमा बलिंगतर्फ कागीसो रबाड़ा र इशान्त शर्माले २ । २ विकेट लिए। यस्तै ट्रेन्ट बोल्ट , राहुल तेवतिया , केमो पौल र अक्षर पटेलले १ । १ विकेट लिए।
दिल्लीको ब्याटिड.
टस हारेर ब्याटिंग गरेको दिल्लीले ओपनर पृथ्वी शाँलाई ७ र तेश्रो कप्तान श्रेयस ऐयरलाई १६ रनमा गुमाउन पुग्यो। दुवैलाई म्याकेनघनले क्याच आउट गराए।
चौथो ओभरमा दुई विकेट गुमाएर २९ रन जोडेको दिल्लीको स्कोरलाई त्यसपछि शिखर धवन र कोलिन इन्ग्रामले १०० पार गराए।
इन्ग्रामले ४७ रन बनाए धवन पनि ४३ रन बनाएर आउट भए।
त्यसपछि पाँचौ नम्बरमा आएका विकेट किपर ब्याट्सम्यान रिशभ पन्तले दिल्लीको स्कोर २०० पार गराए।

मात्र २७ बलमा ७ छक्का र ७ वटै चौका प्रहार गर्दै पन्तले अविजित ७८ रन बनाए।
२० ओभरमा ६ विकेट गुमाएर दिल्लीले २ सय १४ रनको लक्ष्य प्रस्तुत गर्यो।
मुम्बईको बलिङ्गमा मिचेल म्याक्लेनघनले ३ विकेट लिन ४ ओभरमा ४० रन खर्चिए। यस्तै जस्प्रित बुम्राह , हार्दिक पान्ड्या र बेन कटिंग १। १ विकेट लिए।
प्रतियोगिता अन्तर्गत दिल्लीले आगामी खेल मार्च २६ मंगलबार दिल्लीमा चेन्नाई सुपर किंग्ससंग खेल्ने तालिका रहेको छ।


















