Prakash Adhikari March 25, 2019

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका),११ चैत्र(बीबीसी) । अमेरिकी विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलरले आफ्नो एउटा बहुप्रतीक्षित प्रतिवेदनमा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा प्रभाव पर्नेगरी राष्ट्रपति डोनल्ड ट्रम्प वा उनको चुनावी अभियान समूहका कसैको रुससँग साठगाँठ भएको प्रमाण नभेटिएको बताएका छन्।

सार्वजनिक गरिएको प्रतिवेदनको सारांशमा त्यस्तो कुनै निष्कर्ष भने दिइएको छैन, जसको अर्थ राष्ट्रपतिले यस आरोपमा सफाइ पाइसके भन्ने चाहिँ होइन।

उक्त प्रतिवेदनलाई महान्यायाधिवक्ता विलियम बारले अमेरिकी संसद्का लागि सारांश तयार पारेका थिए।

दुई वर्षको यस अनुसन्धानका क्रममा राष्ट्रपति ट्रम्पका थुप्रै पूर्वसहयोगीहरू अभियोजनको सामना गर्नुका साथै केही जेल समेत परेका थिए।

ट्रम्पको प्रतिक्रिया

“यो लज्जाको विषय हो कि देश यस्तो प्रक्रियामा जानुपर्‍यो। साँच्चै भन्नुपर्दा जसरी तपाईंहरूका राष्ट्रपतिले चुनाव जित्नुअगावै यसरी अगाडि बढ्नुपरेको यो लज्जाको विषय हो,” प्रतिवेदनबारे पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै ट्रम्पले भने।

Skip Twitter post by @realDonaldTrump

Donald J. Trump

“कसैले गैरकानुनी तरिकाबाट अगाडि बढेको यसको अर्को पार्टो पनि खोजून्। यो मानमर्दनको गैरकानुनी प्रयास थियो, जुन असफल भयो।”

ट्रम्प पुटीन
महान्यायाधिवक्ता बारले उक्त प्रतिवेदनले ‘कुनै अमेरिकी नागरिक वा ट्रम्पको चुनावी अभियानकर्मीहरू रुससँग नियतवश वा षड्यन्त्रमा परेको नपाइएको’ बताएका छन्।

जसकै कारण अभियोजनको परम्परागत प्रक्रिया पछ्याउन विशेष अनुसन्धानकर्ताको प्रतिवेदनले आवश्यक नदेखेको बताइएको छ।

‘सन्देहपूर्ण’

त्यसलाई कतिपय सन्देहपूर्ण भने पनि कानुनी प्रक्रिया अगाडि बढाउने काम म्युलरको होइन।

र, महान्यायाधिवक्ताले स्पष्ट आधारहरू नदेखिएको भन्दै न्याय मन्त्रालयसँगको सल्लाहमा अभियोजन प्रक्रिया अगाडि नबढाउने निर्णय गरे।

पछिल्लो निष्कर्षसँगै चुनावअगावै ट्रम्पमाथि महाभियोग लगाउन सकिने अपेक्षा गर्नेहरूका लागि एउटा धक्काको रूपमा लिइएको छ।

बीबीसीका उत्तर अमेरिका सम्वाददाता एन्थोनी जर्चरले यसलाई ‘ट्रम्पको एउटा राम्रो दिन’ भनेका छन्।

मलर
रोबर्ट मुलर

बारले छिट्टै थप र पूर्ण प्रतिवेदन संसद्‌मा सार्वजनिक गर्ने बताए पनि कतिपय कुरा भने गोप्य नै रहने बताएका छन्।

डेमोक्र्याटिक पार्टीका नेताहरूले प्रतिवेदनले स्पष्ट जवाफहरू दिन नसकेको बताएका छन्।

प्रतिनिधि सभाकी सभामुख न्यान्सी प्यालोसी र सिनेटर चक चुमरले संयुक्त विज्ञप्तिमार्फत् ‘महान्यायाधिवक्ता बारले सारांशपत्र पठाएर जवाफ दिइरहँदा त्यसले थुप्रै प्रश्न उठाएको’ भन्दै पूर्ण प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।

ह्वाइट हाउसकी प्रवक्ता सेराह स्यान्डर्सले प्रतिवेदनमार्फत् पाएको बताएकी छन्।

Share Now

Leave a comment.