सानोठिमी (भक्तपुर), १२ चैत्र । शिक्षक सेवा आयोगले कार्यरत अस्थायी शिक्षकहरु मध्येबाट माध्यमिक तहमा गणिट विषयमा अध्यापनरत रही स्थायी हुन सफल शिक्षकहरुको नतिजा प्रकाशन गरेको छ ।
आयोगले मंगलबार गणित विषय अध्यापनरत देशैभरका कार्यरत अस्थायीबाट स्थायी हुने परीक्षामा सामेल भएका शिक्षकहरुको अन्तिम नतिजा प्रकाशित गरेको छ । आयोगले मध्यमाञ्चल विकास क्षेत्रबाट विज्ञापन नं ३०३ अन्तरगत लिखित परीक्षा उत्तीर्ण गरि अन्तरर्वाता समेत दिएका शिक्षकहरुको नतिजा भने प्राविधिक कारणले रोकिएको जनाएको छ ।
आयोगको मंगलबार बसेको बोर्डले माध्यमिक तहको गणित विषय शिक्षकको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
शिक्षक सेवा आयोगले माध्यमिक तहमा कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गर्ने सन्दर्भमा २०७५ असार २९ गते लिखित परीक्षा लिई त्यसमा उत्तीर्ण हुने शिक्षकहरुको अन्तरवार्ता सम्पन्न गरि दुवै परीक्षाको अंक एकीकृत गरी कायम हुन आएको योग्यताक्रम बमोजिम नतिजा प्रकाशन गरेको हो ।
स्थायी हुने शिक्षकहरुको नाम हेर्न संबन्धित विकास क्षेत्रमा क्लिक गर्नुहोस् :
गणित पश्चिमाञ्चल, मध्य-पश्चिमाञ्चल र सुदुर-पश्चिमाञ्चल


















