नयादिल्ली(भारत), १२ चैत्र । चर्चित भारतीय घरेलु लिग इण्डियन प्रिमियर लिग(आईपीएल)मा नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने बिना अघिल्लो संस्करणको विजेता चेन्नई सुपर किंग्स विरुद्ध खेलमा उत्रिएको दिल्ली क्यापिटल्स मंगलबार आफ्नै घरेलु मैदानमा ६ विकेटले पराजित भएको छ ।
दिल्लीको कोट्ला क्रिकेट मैदानमाा टस जितेर ब्याटिड. रोजेको दिल्लीले २० ओभरको निर्धारित खेलमा ६ विकेट गुमाउदै १४७ रन जोडेको थियो ।
१४८ रनको लक्ष्य पाएको साविक विजेता चेन्नई सुपर किंग्सले निर्धारित २० ओभरको खेलमा ४ विकेटको क्षतिमा २ बल बाँकी रहदा १५० रन जोडेर सो लक्ष्य पूरा गरेको थियो ।
दिल्लीले दिएको लक्ष्य पछ्याउने क्रममा चेन्नईका शेन वाट्शनले ४४, महेन्द्रसिंह धोनी ३२, सुरेशकुमार रैनाले ३०, केदार यादव २७, एम्बाती रायडु ५ र द्धायनए ब्राभोले ४ रनको योगफल तयार पारेका थिए ।
चेन्नईको इनिड.मा दिल्ली क्यापिटल्सलाई विकेट झार्न निकै कठिन भयो । अत्यन्त कसिलो बलिड. गर्दा पनि अमित मिश्राले २ तथा के रावडा र इशान्त शर्माले एक एक विकेट लिन सके । विकेट झार्न सक्ने बलरहरुको सख्त अभाव भएर घरेलु मैदानमा नै जित्न सक्ने खेल गुमाउन पुगेको दिल्लीले अर्को खेलमा नेपालका सन्दीपलाई मौका दिन सक्ने बताइएको छ ।
गत बर्षको ११ औं संस्करणको आईपीएलमा उनले ३ खेलमा ५ विकेट लिएका थिए । त्यस पछि उनले खेलेको विश्वका चर्चित लिगमा पनि उच्च स्तरको प्रदर्शन गर्दै आइरहेका छन् ।
यस अगाडी टस जितेर ब्याटिड. रोजेको दिल्लीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै १४७ रन जोडेको थियो । दिल्लीका लागि शिखर धवनले ५१,रिसव पन्तले २५,पृथ्वी शाँले २४, श्रेयस ऐअरले १८, राहुल टिवटिया ११ अक्षर पटेलले ९ र कोलिन इन्ग्रामले २ रनको योगदान दिएका थिए ।
दिल्लीको इनिड.मा चेन्नईका द्धायन ब्राभोले ३ तथा रवीन्द्र जडेजा, इमरान ताहिर र दीपक छहरले एक एक विकेट लिएका थिए ।
मंगलबारको खेलमा दिल्लीले दोस्रो खेलमा कयाप्टेन श्रेयश ऐअर, शिखर धवन,पृथ्वी शाँ, कोलिन इन्ग्राम, रिसव पन्त,किमो पौल, अक्षर पटेल,राहु टिवटिया,कागिसो रावडा,अमित मिश्रा र इशान्त शर्मालाई मैदानमा उतारेको थियो ।
त्यस्तै गत बर्षको विजेता चेन्नई सुपर किंग्सले क्याप्टेन महेन्द्रसिंह धोनी,शेन वाट्शन, अम्बाती रायडु, सुरेश रैना, केदार यादव, द्धवायनए ब्राभो, रविन्द्र जडेजा, दीपक छहार, शार्दुल ठाकुर,हरभजन सिंह र इमरान ताहिरलाई मैदानमा उतारेको थियो ।
दिल्लीले यो सिजनको तेस्रो खेल मार्च ३० मा दिल्लीस्थित कोट्ला घरेलु मैदानमा कोलकोता नाइट राइडर्ससंग खेल्दैछ ।


















