Prakash Adhikari March 29, 2019

हेटौडा(मकवानपुर),१५ चैत्र । हेटौडामा भएको भूगर्भ सिमेन्ट शहिद स्मृति दोस्रो मकवानपुर गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा पराजित भएपछि थ्री स्टारका खेलाडीहरु विजेता दाफिन्स फुटबल क्लबका विरुद्ध मुठभेडमा उत्रिएका छन् ।

https://youtu.be/k3-6gmgMQyQ

हेटौडा स्थित वन विज्ञान अध्ययन संस्थानमा भएको सेमिफाइनल भिडन्तमा दाफिन्स फुटबल क्लबले रुस्लान थ्रीस्टारलाई ५–३ ले पेनाल्टी शुटआउटमा हराएको थियो ।

पेनाल्टीमा नतिजा आफ्नो पक्षमा पारेपछि दाफिन्सका खेलाडीहरु खुशीयाली मनाउँदै थ्रीस्टारका खेलाडीहरुसँग हात मिलाउन अगाडि बढेका के थिए खेलाडीबीच धक्काधक्की शुरु भयो ।

त्यहिबाट विवाद शुरु हुँदा त्यो अवस्था हात हालाहालमासम्म आइपुग्यो । आयोजकका पदाधिकारी, स्वयंसेवी तथा त्यहाँ खटिएका सुरक्षाकर्मीहरु पनि मैदानमा पसेपछि खेलाडीहरुलाई साम्य पार्ने प्रयास गरियो । विवादलाई पछि नियन्त्रणमा लिए तापनि केही खेलाडीहरु आक्रोशित नै थिए ।

दाफिन्स क्यामरुनको फुटबल क्लब हो । अधिकांश प्रत्यक्षदर्शीहरुका अनुसार विवाद थ्रीस्टारकै खेलाडीहरुले शुरु गरेको भन्दै आलोचना समेत गरेका छन् ।

पेनाल्टी गोल निर्णायक

दोस्रो सेमिफाइनलमा दाफिन्सले अर्को दावेदार टोली रुस्लान थ्रीस्टार क्लबलाई पेनाल्टी शुटआउटमा ५–३ ले हराउँदै फाइनल स्थान सुरक्षित गर्न सफल भयो ।

यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । थ्रीस्टारका अनुभवी फरवार्ड अनिल गुरुङले पेनाल्टी चुकाउनु थ्री स्टारका लागि महँगो साबित भईदियो ।

दाफिन्सले अब उपाधिका लागि शनिबार आयोजक मकवानपुर–११ सँग फाइनल खेल्नेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।

Share Now

Leave a comment.