काठमाडौं,१५ चैत्र । नेपाली महिला फुटबल टोली विश्व महिला फुटबलमा एकचोटी ५ स्थानमाथि उक्लिएर १०३ स्थानमा पुगेको छ ।
हालै भएको दक्षिण एशियाली महिला फुटबल च्याम्पियन कपमा उपविजेता बनेको नेपाल दक्षिण एशियामा दोस्रो बरियतामा रहेको छ । सो प्रतियोगितामा विजेता बनेको भारत विश्व वरियतामा ६३ औं स्थानमा रहेको छ ।
दक्षिण एशियाली मुलुकमा बंगलादेश दुईस्थान झरेर १२७ ,श्री लंका १३४ र माल्दिभ्स् १३६ औं स्थानमा पुगेका छन् । माल्दिभ्स् चार स्थान तल ओर्लिएका छन् । अफगानिस्तान तीन स्थान तल झरेर १४२ र भुटान १५० स्थानमा पुगेको छ ।
एशियाली मुुलुकहरुमा अष्टेलिया पहिलो स्थानमा यथावत रहेको छ भने जापान र दक्षिण कोरिया दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
महिला फुटबलमा फिफाको विश्व वरियतामा संयुक्त राज्य अमेरिका पहिलो स्थानमा र जर्मनी दोस्रो स्थानमा रहेका छन् । तेस्रो स्थानमा रहेको फ्रान्सलाई उछिन्दै बेलायतले तेस्रो स्थान हासिल गरेको छ ।


















