काठमाडौं,१५ पौष । यस बर्षको एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिता विराटनगर वारियर्सले जितेको छ । शनिवार कीर्तिपुरस्थित खेल मैदानमा भएको फाइनल खेलमा भैरहवा ग्लाडियटर्सलाई एक रनले पराजित गर्दै विरानगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि हासिल गरेको हो ।
विराटनगर वारियर्स नेपाली क्रिकेट क्षेत्रका चर्चित व्यक्तित्व पारस खड्काको नेतृत्वमा रहेको थियो भने भैरहवा ग्लाडियटर्स अर्का चर्चित खेलाडी शरद भेषावकरको नेतृत्वमा रहेको थियो । यस सिजनको प्रतियोगितामा समूह चरण र पहिलो क्वालिफायरमा भएको प्रतिस्पर्धामा विराटनगरले भैरहवालाई पराजित गरेको थियो ।
विराटनगरले प्रस्तुत गरेको १५० रनको लक्ष्य पछ्याएको भैरहवाका लागि कप्तान शरद भेषवाकरले अर्धशतक बनाउँदै ५२ रनको पारी खेले। ओपनर प्रथम सालुन्केले ३० र आरिफ शेखले २७ रनको योगदान दिएका थिए ।
भेषवारकले ३९ बल खेल्दै ४ चौका र ४ छक्का प्रहार गरेका थिए। यस्तै ओपनर प्रथम सालुन्कीले ३० रन बनाएका थिए। आरिफ शेखले २७ रनको पारी खेलेका थिए। राहुल यादव र प्रदीप ऐरीले समान ६-६ रन बनाएका थिए।
विराटनगरका अंशुमन रथले एकै ओभरमा ३६ रन दिएपछि खेलमा फर्किएको विराटनगरका लागि पारस खड्काले ३ तथा अनिल साह र करण केसीले २(२ विकेट लिए। अन्तिम ओभरमा ९ रन आवश्यक परेकोमा भैरहवाले ३ विकेट गुमाउँदै ७ रन मात्र जोडेको थियो।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४९ रनको योगफल खडा गरेको थियो।
विराटनगरका लागि प्रतियोगिताकै सर्वाधिक रनकर्ता अंशुमन रथले ४१ रनको योगदान दिए। पारस खड्काले २७ तथा अनिल कुमार साहले २२ रन जोडे।
विराटनगरले ३४ रन हुँदा पहिलो विकेट गुमाएको थियो। आशिफ शेख ७ रनमा आउट भए । त्यसपछि टिमको स्कोर ५८ रन हुँदा विराटनगरले दोस्रो विकेट गुमायो। प्रतियोगिताका सर्वाधिक रनकर्ता बावर हायात ११ रनमै पभेलियन फर्किएका थिए।
टिमको स्कोर ८३ रन हुँदा आक्रमक खेलाडी अंशुमान रथले ४१ रन जोड्दा तेस्रो विकेट गुमायो। कप्तान पारस खड्का ब्यक्तिगत २७ रन जोडेर आउट भए भने १ सय रनमा विराटनगरले चौथो विकेट खेर फाल्यो।
त्यसपछि अनिलकुमार शाहले २२ रनको योगदान गर्दा प्रनित थापा मगरले १४ रन थपे। बलिङ तर्फ कृष्ण कार्की र हरिशंकर शाहले दुई दुई विकेट लिएका थिए।