काठमाडौं, १५ पौष । नेपालको आन्तरिक क्रिकेट खेलको सबैभन्दा ठूलो प्रतियोगिता मानिएको एभरेष्ट प्रिमियर लिगको फाइनल खेल आज दिउँसो कीर्तिपुरस्थित खेल मैदानमा हुँदैछ ।
फाइनल खेलमा लिग र क्वालिफायर चरण पार गरेर आएका उत्कृष्ट विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्सबीचमा प्रतिस्पर्धा हुनेछ । फाइनल खेलमा पारस खड्का कप्तान रहेको बिराटनगर वारियर्सको भाग्य चम्किन्छ कि तथा शरद भेसावाकर कप्तान रहेको भैरहवा ग्लाडिएटर्सको जादू निस्कन्छ अहिले केही भन्न नसकिए पनि खेल भने निकै रोमाञ्चक हुने निश्चित छ ।
बिराटनगरले समूह चरणमा शतप्रतिशत जितको नतिजा निकाल्ने टीम हो । यसले पहिलो क्वालिफायरमा भैरहवालाई समेत ८ विकेटले पराजित गर्दै फाइनलको यात्रा गरेको थियो ।
भैरहवाले बिराटनगरसँगको एकखेलमा मात्र पराजित हुदै पहिलो क्वालिफायरको यात्रा गरेको हो ।यसले दोश्रो क्वालिफायरमा ललितपुरलाई हराउदै फाइनलको खुट्किला चढेको थियो ।
समूह चरणको १० औं खेल र पहिलो क्वालिफायरमा आमने सामने भैसकेका यी दुइ टीम प्रतिस्पर्धालाई नेपाली क्रिकेटप्रेमीहरुले बडो व्यग्रताका साथ हेरिरहेका छन् ।
फाइनल खेलमा भैरहवा ग्ल्याडियटर्सबाट शरद भेसावाकर (कप्तान, मार्की खेलाडी), प्रदीप ऐरी, अभिनास बोहरा, भुवन कार्की, कृष्ण कार्की, प्रकाश केसी, रोहित पौडेल, हरिशंकर शाह, आरिफ शेख, दिपेश श्रेष्ठ, भुपेन्द्र थापा, प्रथम सालुंके ( बिदेशी ) , पुनित मिश्रा ( बिदेशी ), राहुल यादब ( बिदेशी ) भिड्दै छन भने यता बिराटनगर वारियर्सबाट पारस खड्का (कप्तान, मार्की खेलाडी), आकाश बिस्ट, रामनरेश गिरि, अविनाश कर्ण, करन केसी, प्रनित थापा मगर, सुमित महर्जन, बसन्त रेग्मी, अनिल शाह, असिफ शेख, पुस्प थापा, बाबर हयात (बिदेशी(, अन्स्युमन राथ (बिदेशी) , सहान अदिशा (बिदेशी)