लिमा(पेरु), १५ पौष । पेरुका पूर्व राष्ट्रपति अल्बेर्टो फूजीमोरीलाई स्वास्थ्यको कारण देखाउँदै क्षमादान दिने सरकारी निर्णयको त्यहाँका लेखकहरुको एउटा समूहले निन्दा गरेको छ।
निन्दा गरिएको पत्रमा हस्ताक्षर गर्ने लेखकहरुमा नोबेल पुरस्कार विजेता मारिओ भार्गास लियोसा समेत छन्।
राष्ट्रपति पेड्रो पाब्लो कूचिन्स्कीले गत शनिवार फूजीमोरीलाई क्षमादान दिने निर्णय गरेका थिए।
सन् १९९० को दशकमा सत्तामा रहेका बेला मानअधिकार उल्लंघन र भ्रष्टाचार गरेको अभियोगमा फूजीमोरीले लामो समयदेखि जेल सजाय काटिरहेका छन्।
गैरजिम्मेवार
लेखकहरुले स्पेनी समाचार संस्था इएफइलाई पठाएको पत्रमा राष्ट्रपति कूचीन्स्कीले निर्णय ुगैरकानूनीु र ुगैरजिम्मेवारु भएको उल्लेख गरिएको छ।
उनीहरुले राष्ट्रपतिको निर्णय पेरुका लागि ुलज्जाको विषयु भएको टिप्पणी समेत गरेका छन्।
यसअघि गत बिहीवार संयुक्त राष्ट्रसंघको मानवअधिकारसम्बन्धी अधिकारीहरुको एउटा समूहले क्षमादानको निर्णय फूजीमोरी सरकारबाट पीडित भएकाहरुको अनुहारमा झापड भएको बताएका थिए।
क्षमादान दिने निर्णयको विरोधमा हजारौं मानिसले लिमा लगायतका शहरहरुमा प्रदर्शन गरेका छन्।
तानाशाह
फूजीमोरीलाई उनका आलोचकहरु एकजना भ्रष्ट तानाशाहको रुपमा हेर्दछन्।
यसै हप्ताको शुरुतिर राष्ट्रपति कुचिन्स्कीले आफ्नो निर्णयले आक्रोश निम्त्याएको स्वीकार गरेका थिए तर आफूले ुअल्बेर्टो फूजीमोरीलाई जेलमा मर्न नदिनेु बताएका थिए।
पूर्व नेता फूजीमोरीका समर्थकहरुले त्यसलाई मानवतापूर्ण व्यवहारको रुपमा व्याख्या गरेका छन्।
सन् १९९० को दशकमा शाइनिङ पाथ आन्दोलनका माओवादीविरुद्ध लडेकोमा फूजीमोरीका समर्थकहरु उनको प्रशंसा गर्छन्।