Prakash Adhikari December 30, 2017

बैंकक(थाइल्याण्ड), १५ पौष(बीबीसी) । थाइल्याण्डको एउटा अदालतले ठगीमा संलग्न एक व्यक्तिलाई १३ हजार २ सय ७५ बर्षको जेल सजाय सुनाएको छ।

३४ वर्षीय पुडित कितिथार्दिलोकले पोन्जी नामक एउटा योजना सञ्चालन गरेको स्वीकार गरेका छन् जसमा उनले लगानीकर्तालाई कृत्रिम रुपमा उच्च प्रतिफल दिने वाचा गरेका थिए।

आफ्ना कम्पनीहरुमा उनले करिब ४० हजार मानिसलाई फकाएर १६ करोड डलरभन्दा बढी लगानी गर्न लगाएको बताइएको छ।

अदालतले उनलाई गैरकानूनी रुपमा कर्जा प्रवाह र २ हजार ६ सय ५३ वटा ठगीका घटनामा संलग्न रहेको पाइएको जनाएको छ।

सजाय
गल्ती गरेको स्वीकारोक्तिले उनको सजाय आधाले घटेर ६ हजार ६ सय ३७ वर्ष ६ महिनामा झरेको छ।

यद्यपि उनले २० वर्षभन्दा बढी जेल सजाय भोग्नु नपर्ने देखिएको छ।

थाइल्याण्डको कानून अनुसार उनी दोषी ठहर भएका दुईवटा अपराधमा प्रत्येकका लागि १०/१० वर्ष जेल सजायको व्यवस्था छ।

अभियोजनकर्ताहरुले अदालतलाई बताए अनुसार पुडितले सेमिनारहरुको आयोजना गर्थे जहाँ उनले विकास, सौन्दर्य, प्रयोग गरिएका कार र निर्यात लगायतसँग आफ्नो व्यवसाय सम्बन्धित रहेको भन्दै सहभागीहरुलाई लगानी गर्न प्रोत्साहित गर्थे।

मनग्गे
द ब्यांकक पोस्टका अनुसार नयाँ सदस्य लिएर आउने लगानीकर्तालाई मनग्गे प्रतिफल र प्रोत्साहन रकम दिने वाचा गरिएको थियो।

जमानतमा रिहा गर्न अदालतले अस्वीकार गरेपछि पुडितलाई गत अगष्ट महिनायता ुब्यांकक रिमाण्ड प्रिजनु मा राखिएको थियो।

अदालतले उनका दुईवटा कम्पनीमा प्रत्येकसँग २०र२० करोड डलर बराबरको सम्पत्ति रहेको जनाएको छ।

अदालतले पहिचान गरिएका २ हजार ६ सय ५३ जना पीडितलाई साढे ७ प्रतिशत ब्याजसहित करिब १७ करोड डलर फिर्ता दिन पुडितलाई आदेश दिएको छ।

Share Now

Leave a comment.