Prakash Adhikari April 6, 2019

बंगलुरु(कर्नाटका,भारत),२२ चैत्र । इण्डियन प्रिमियर लिगको १२ औ. संस्करण अन्तरगत शुक्रबार राति भएको खेलमा जितको नजिक पुगेको रोयल च्यालेञ्जर्स बंगलोर अप्रत्यासित रुपमा कोलकोता नाइट राइडर्ससंग पराजित हुन पुगेको छ ।

Image result for KKR 2019

१८ औं ओभर पुग्दासम्म जितको सहज अवस्थामा रहेको बैंगलोरलाई पराजयको स्थितिमा पुर्याउन कोलकोताका विष्फोटक ब्याट्सम्यान एन्ड्र्े रसेलको महत्वपूर्ण योगदान रह्यो । रसेलले १३ बलबाट ४८ रन जोडे पछि जितको खुसी मनाउन तयार बंगलोर घरेलु मैदानमा पराजि भएको थियो ।

बंगलोरलाई हराउन रसेलले आफूले प्रहार गरेका १३ बलमा ७ छक्काको बर्षा गराए र १ चौका समेत प्रहार गरे ।

१६ औं ओभरको अन्त्यमा पुग्दा कोलकोतालाई २४ बलबाट ६६ रन जुटाउनु पर्ने अवस्था थियो ।

निराशाको विन्दुमा पुगेको कोलकोताको निमित्त १७ औं ओभरमा ब्याट सम्हाल्न आन्द्रे रसेल क्रिजमा पसे । पहिलो बलमा कार्तिकले एक रन बनाए । दोस्रो बलमा रसेलको टाउको माथिबाट गएर वाइड भयो । दोस्रो पटकको बलमा रसेलले रन लिन सकेनन् । सायनीले हानेको तेस्रो बलमा रसेलले १ रन लिए । चौथो बलमा कार्तिकले चौका हाने । पाँचौ बलमा कार्तिकले छक्का हाने र छैठौं बलमा उनी आउट भए । १७ औ ओभरको अन्त्यमा पनि कोलकोताको लागि जित निकै पर थियो । उसले १८ बलबाट ५३ रन निकाल्नु पर्ने थियो ।

१८ औं ओभरको सुरुमा बंगलोरले मोहम्मद सिराजलाई बलिड.मा उतार्नेवित्तिकै एक कमेन्टेर भाष्करले भनेका थिए,’अब के हुन्छ मलाई लगभग थाहा भयो , सन्तोषको सट्टा सिराजलाई बलिड. गर्न दिइनेछ र रसेल नियन्त्रणमा हुने छैनन र बंगलोर पराजित हुनेछ र खेल सकिने छ ‘ नभन्दै त्यस्तै भयो ।

१८ औं ओभरको पहिला दुई बलमा पनि रसेलले रन लिन सकेनन् । तेस्रो बल वाईड भयो र पुन प्रहार गर्दा उने छक्का हिर्काए ।चौथोमा पनि छक्का हिर्काए । पाँचौमा १ रन लिएपछि छैठौ बलको सामना गर्न शुभमान गिल आए र एक रन लिए ।

१८ ओभरको अन्त्यसम्म पनि कोलकोताले १२ बलबाट ३० रन निकाल्नु पर्ने थियो । पाँच विकेट मात्र पतन भएकोले ब्याट्सम्यानको अभाव थिएन । दुवै टिमलाई जितको आशा थियो ।

१९ औं ओभरको पहिलो साउथीले दिएको पहिलो बल शुभमान गिलले १ रन लिए । दोस्रो बलको सामना गरेका रसेलले छक्का ठोके । तेस्रोमा पनि छक्का प्रहार गरे । चौथोमा पनि छक्काको बर्षा गरे । पाँचौ बलमा चौका ठोके । उनको आत्मविश्वास यति दह्रो भयो कि छैठौ बलमा पनि छक्का हिर्काए । १९ औं ओभरको अन्त्यमा ६ बल बाकी रहदा कोलकोताको जितको लागि १ रन बाँकी रह्यो । २० औं ओभरको पहिलो बलबाट आवश्यक १ रन शुभमान गिलले निकाले ।

टस जितेर बलिड. रोजेको कोलकोताले बैंगलोरबाट २ सय ६ रनको लक्ष्य पाएको थियो । कोलकोताले सो लक्ष्य निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर पूरा गर्यो । कोलकोताको लागि एण्ड््रे रसेल ४८, सीए लिन ४३, एन राना ३७, आरभी उथाप्पा ३३, केडी.कार्तिक १९, एस पी नारायण १० र शुभमान गिलले ३ रनको योगदान गरे । १३ बलमा ४८ रन बनाएर खेल जिताउन महत्वपूर्ण योगदान गरेका रसेल प्लेयर अफ दि म्याच भए ।

Teams

Kolkata Knight Riders: Sunil Narine, Chris Lynn, Robin Uthappa, Nitish Rana, Dinesh Karthik (c)(wk), Shubman Gill, Andre Russell, Piyush Chawla, Kuldeep Yadav, Prasidh Krishna, Lockie Ferguson

Royal Challengers Bangalore: Virat Kohli (c), Parthiv Patel (wk), AB de Villiers, Marcus Stoinis, MoeImage result for RCB 2019en Ali, Akshdeep Nath, Pawan Negi, Navdeep Saini, Tim Southee, Yuzvendra Chahal, Mohammad Siraj

यस अगाडि टस हारेर ब्याटिड.को निम्तो पाएको रोयल च्यालेञ्जर्स बैंगलोरले विकेटको क्षतिमा २ सय ५ रन बनाएको थियो ।

बैंगलोरको लागि कप्तान विराट कोहलीले ८४, एबी डे भिलियर्सले ६३, एमपी इस्टोइनिसले २८, पी ए पटेलले २५ रन बनाएका थिए । कोलकोताका एसपी नारायन, कुलदीप यादव र एन रानाले एक एक विकेट लिएका थिए ।

बंगलोर कोलकोताको यो खेलले क्रिकेट धैर्यता र साहसको खेल भएको प्रमाणित गरेको छ । विकेट जोगाउदै ब्याट्सम्यान जोगाएर राख्न सकियो भने अन्तिम क्षणमा पनि खेलको नतिजा बदल्न सकिन्छ भन्ने यसले प्रमाणित गरेको छ । क्रिकेटमा राम्रा बलर र ब्याट्स म्यानले पहिले खेल्ने भएकोले कम विकेट गुमाएका टिमले अन्त्यमा आवश्यक रन जोड्ने संभावना हुन्छ भने धेरै विकेट गुमेको खेलमा राम्रा व्याट्स म्यान बाहिरिने र ब्याटिड.मा कमजोर खेलाडि अन्त्यमा उतारिने भएकोले बढी विकेट क्षति भएको खेलमा बलिड. गर्नेले जित्ने संभावना हुन्छ ।

यो खेलको अन्त्यपछि कोलकोता नाइट राइडर्सका मालिक अभिनेता शाहरुख खाँनले भनेका छन् : तपाईहरुले आफ्नो क्रिकेट चिन्नुभएको होला तर आन्द्रे रसेललाई चिन्नुभएको छैन् ।

Share Now

Leave a comment.