Prakash Adhikari April 6, 2019

 

यांगुन(म्यानमार),२३ चैत्र । म्यानमारमा जारी एएफसी महिला ओलम्पिक छनौटको दोस्रो चरणतर्फको आफ्नो दोस्रो खेलमा नेपालले आज भारतसंग खेल्दैछ ।

मण्डलाथिरी स्टेडियममा नेपाली समय अनुसार दिनको २ १५ बजे शुरु हुने आजको खेलमा नेपाललाई जित्नै पर्ने दबाब छ ।

आजको खेलमा आफू अनुकुल नतिजा ल्याउन नसके नेपाल छनौट प्रतियोगिताबाटै बाहिरिने छ ।

म्यानमार,नेपाल,भारत र इण्डोनेशियासहितको समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा आयोजक म्यानमारसँग ३–१ को हार बेहोरेको छ ।

भारतले इण्डोनेसियालाई २–० ले हराएको थियो ।

आजै म्यानमार र इण्डोनेशियाकाबीच पनि प्रतिस्पर्धा हुँदैछ ।

Share Now

Leave a comment.