Prakash Adhikari April 8, 2019

 

काठमाडौं, २५ चैत्र । नेपालमा रहेका विभिन्न देशका अवैतनिक वाणिज्य दूतहरुको संस्था(अनररी काउन्सिलर कर्पस् नेपाल,HCC-Nepal)को आयोजनामा नेपालका निर्माता पृथ्वीनारायण शाहले काठमाडौं नियालेको चन्द्रगिरी डाँडामा शनिबार  कुटनीतिक जमघट सम्पन्न भएको छ ।

परराष्ट्र्मन्त्री प्रदीपकुमार ज्ञवालीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा परराष्ट्र्र् सचिव शंकरदास बैरागी, नेपालमा अवस्थित विभिन्न देशका राजदूतहरु र संयुक्त राष्ट्र्रसंघीय निकाय सहितका कुटनीतिक नियोगका प्रमुखहरु र नेपालमा रहेका विभिन्न देशका वाणिज्य दूतहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपालमा पर्यटन, जलस्रोत, व्यवसायिक कृषि , उद्योग, खानी र पूर्वाधार लगायतको क्षेत्रमा लगानी गरी नाफा आर्जन गर्न सकिने भएकोले सोको लागि आवश्यक पहल गर्न नेपालमा कार्यरत कुटनीतिज्ञहरुलाई आग्रह गरिएको थियो ।

कार्यक्रममा अनोररी काउन्सिलर कर्पस् नेपालका डीन तथा नेपालका लागि बेल्जियमका अवैतनिक वाणिज्यदूत आड. छिरिड. शेर्पाले अनररी काउन्सिलरहरुको कामका बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा अनररी काउन्सिलर कर्पस् नेपालका पूर्व डीन तथा उद्योगपति राजेन्द्र खेतान र नेपालका लागि डेनमार्कका वाणिज्यदूत हरि धरेलले नेपालको आर्थिक तथा सामाजिक विकासमा वाणिज्यदूतहरुको खेलेको भूमिकाको बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि परराष्ट्र्मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा राजनीतिक स्थायित्व कायम भएको र शान्ति पनि भएकोले लगानीको लागि अनुकूल बातावरण सिर्जना भएको बताउदै नेपालमा कार्यरत कुटनीतिक नियोग र वाणिज्यदूतहरुले संबन्धित मुलुकका उद्योगी र व्यापारीहरुलाई नेपालमा लगानी गर्न पहल गर्नुपर्ने बताउनु भएको थियो ।

Image may contain: 4 people, people standing

Share Now

Leave a comment.