Prakash Adhikari April 8, 2019

धरान(सुनसरी),२५ चैत्र । धरानको जिरो प्वाइन्टमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

बस दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु भएको छ भने २ दर्जन बढी घाइते भएका छन्।

घाइतेहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक छ।

धनकुटाको चौबिसे गाउँपालिकास्थित ६ नम्बर बुधबारेबाट धरान आउदै गरेको बस दिउँसो करिब १ बजेतिर दुर्घटना भएको हो। जिरोपोइन्टमा ना ६ ख २७१३ नम्बरको बस पल्टिएर विजुलीको पोलमा ठोक्किदा अगाडिको भाग च्यापिन गएपछि चालकसहित यात्रुलाई समयमै उद्दार गर्न नसक्दा घटनास्थलमा नै ज्यान गएको थियो ।

मृतक ४ मध्ये चालक धरान ८ का चक्रबहादुर गुरुङको मात्र सनाखत हुन सकेको छ। अन्य मृतक यात्रुमा एक जना बच्चा, एकजना महिला र एक वृद्ध छन्।

घाइतेहरुको वीपी प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको र केहीको अवस्था चिन्ताजनक रहेको छ।

बसमा ६ नम्बर बुधबारे, साम्मेवा, राजारानी, ओख्रे, शुक्रबारे क्षेत्रबाट चढेका यात्रुहरु थिए।

Share Now

Leave a comment.