Prakash Adhikari April 8, 2019

सन्धिखर्क(अर्घाखाँची),२५ चैत्र । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा जीप दुर्घटना हुुँदा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा प्युठान ऐरावती गाउँपालिका २ का ५० वर्षीय धनबहादुर राना, १४ वर्षीया मनिका आचार्य र अन्दाजी एकजना ५ वर्षीय बालक रहेका छन् ।

उकालो सडकमा ब्रेक फेल भएपछि जीप सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुईजनाको घटनास्थलमै र बालकको सन्धिखर्क अस्पतालमा मृत्यु भएको जानकारी दिएको छ ।

जीपमा १८ जना यात्रु सवार रहेको बताइएको छ ।

घाइतेमध्ये ८ जनालाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ भने अन्यको सन्धिखर्क अस्पतालमै उपचार भइरहेको छ ।

Share Now

Leave a comment.