काठमाडौं,२५ चैत्र । सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको माग राख्दै प्रदर्शनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्तामाथि प्रहरीले लाठी चार्ज गरेको छ ।
राप्रपाले सोमबार रत्नपार्कदेखि प्रदर्शन सुरु गरी पद्मोदय मोडमा पुगेर कोणसभा गरेको थियो ।
नेताहरुले भाषण गरिरहेका बेला कार्यकर्ता सडक अवरुद्ध गर्न पुगेपछि झडप भएको थियो ।
प्रदर्शनभर गाडी रोकेको प्रहरीले एकाएक सवारी आवागमन सञ्चालन गरेपछि राप्रपा अध्यक्ष कमल थापाले कार्यकर्तालाई बन्द गर्न निर्देशन दिएका थिए ।
लगत्तै राप्रपा कार्यकर्ताले सडक बन्द गर्न खोजेपछि झडप भएको हो ।
त्यसक्रममा केही घाइते भएका छन् ।


















