Prakash Adhikari April 11, 2019

 

मुम्बई(महाराष्ट्,भारत),२८ चैत्र । भारतीय क्रिकेटको चर्चित घरेलु लिग इण्डियन प्रिमियर लिगको २४ औं खेलमा एक समय निराशाबाट गुज्रेको मुम्बई इन्डियन्सले जितको लागि निर्धक्क भएको किङ्स् इलाभेन पन्जाबको जित खोसेको छ ।

बुधबार राति भएको रोमाञ्चक खेलमा पञ्जाबलाई ३ विकेटले हराउदै मुम्बई इण्डियन्सले जित निकालेको हो ।

मुम्बईको वान्खडे क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरको खेलमा ४ विकेटको क्षतिमा १ सय ९७ रन बनाएको थियो ।

पञ्जाबले दिएको १ सय ९८ रनको उच्च लक्ष्य मुम्बईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा हासिल गर्यो । मुम्बईको जितमा कप्तान केरोड. पोलार्डले अर्धशतकीय इनिङ्स खेले ।

Image result for Mumbai Indians Squad 2019

Mumbai Indians: Quinton de Kock, Suryakumar, Siddhesh Lad, Krunal Pandya, Ishan Kishan, Hardik Pandya, Kieron Pollard (c), Rahul Chahar, Alzarri Joseph, Jason Behrendorff, Jasprit Bumrah

Image result for kxip squad 2019

King’s XI: Chris Gayle, KL Rahul, Karun Nair, Mandeep Singh, Sarfaraz Khan, David Miller, Sam Curran, Hardus Viljoen, R Ashwin (c), Ankit Rajpoot, Mohammed Shami

विस्फोटक ब्याटिङ गरेका पोलार्डले ८३ रन बनाए । १० औं ओभरमा ब्याट सम्हालेका पोलार्डले सातौं विकेटको रुपमा २० औं ओभरको दोस्रो बलमा आउट हुनुअघि ३१ बलमा १० छक्का र ३ चौका प्रहार गर्दै ८३ रनको योगदान दिएर मुम्बईको जितको आधार तय गराएका थिए ।उनको धैर्यतापूर्ण र रणनीतिक ब्याटिड.ले मुम्बईले अनपेक्षित जित निकाल्न सकेको हो ।

यस्तै क्विनटन डी ककले २४ रन जोड्दा सूूर्यकुमार यादवले २१ रन बनाए । त्यस्तै हार्दिक पाण्डया १९ रनमा आउट हुँदा सिद्देश लाड र अल्जारी जोसेफले समान १५ । १५ रन बनाए । इशान कृष्णले ७,केआर पाण्डेय र आरडी चहारले समान एक एक रनको योगदान दिए ।

मुम्बईको इनिड.मा पञ्जाबका लागि मोहमद शामीले ३ ,साम कुरान, एस राजपूत र आर आश्विनले समान एक एक विकेट लिए ।

यस अगाडि टस हारेर ब्याटिड.को निम्तो पाएको पञ्जाबकोलागि लोकेश राहुलले शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

ओपनर राहुलले अविजित रहदै १०० रनको योगदान दिए । यस्तै क्रिस गेलले अर्धशतकीय इनिङ्स खेले । गेल ६३ रनमा आउट भए । साम कुरान ८, मन्दीप सिंह तथा डीए मुलरले समान ७ । ७ र केके नायरले ५ रनको योगदान दिए

मुम्बईका हार्दिक पाण्डेयले २, जेजे बुमराह र जेपी बेहरेनडर्फले समान एक एक विकेट लिए ।

जितसंगै मुम्बईले ६ खेलबाट ८ अंक जोडेको छ । र, मुम्बई तेस्रो स्थानमा उक्लिएको छ ।

पञ्जाबले ७ खेलबाट ८ अंक नै जोडेको छ । पञ्जाब चौंथो स्थानमा छ ।

Indian Premier League

TEAM M W L PT NRR
CSK 6 5 1 10 0.31
KKR 6 4 2 8 0.614
MI 6 4 2 8 0.29
KXIP 7 4 3 8 -0.057
SRH 6 3 3 6 0.81
DC 6 3 3 6 0.131
RR 5 1 4 2 -0.848
RCB 6 0 6 0 -1.453
Share Now

Leave a comment.