Prakash Adhikari April 12, 2019

 

जयपुर(राजस्थान,भारत),२८ चैत्र । विजयको खुसीयाली मनाउन तयार रहेका राजस्थानका खेलाडीहरु बिहिबार राति आफ्नै घरेलु क्रिकेट मैदानमा भएको खेलमा चेन्नाई सुपर किंग्ससंग अन्तिम बलमा पराजित हुन पुगेका छन् ।

अन्तिम बलसम्म पुग्दा पनि राजस्थानको आशा निभेको थिएन । अन्तिम बलमा राजस्थानलाई जित्न चेन्नाईलाई ३ रन आवश्यक थियो । चेन्नाईका स्टानटरले छक्का प्रहार गरेर राजस्थानको सपना चकनाचूर पारिदिए । चेन्नाईलाई ४ विकेटले जिताए ।

यो संगै इण्डियन प्रिमियर लिग (आईपीएल)को जारी १२ औं संस्करणमा आफूले खेलेका ७ मध्ये ६ खेलमा जित निकाल्दै चेन्नाई सुपर किंग्स १२ अंक सहित अंकतालिकाको शीर्षमा रहन गएको छ ।

जयपुरस्थित सवाइ मानसिंह रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा सात विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । उसका लागि बेन स्टोकले २८ रन बनाए भने जोस बटलरले २३ रन थपे ।

 

श्रीयास गोपाल र जोफ्रा आर्चरले क्रमसः १९ र १३ अविजित रन बनाएपछि राजस्थानले १ सय ५० को स्कोर पार गरेको हो ।
अरु खेलाडीहरुमा आर. पराज १६,एस.पी. स्मीथ १५, ए.एम. रहाने १४, आर. ए. त्रिपाठी १०, एसभी सामसन ६ रन को मात्र योगदान गरे ।

बलिङमा चेन्नेइका रविन्द्र जडेजा, सार्दुल ठाकुर र दीपक चाहरले २ । २ विकेट लिए ।

कप्तान धोनीको बलमा चेन्नाईको जित

१ सय ५२ रनको लक्ष्य पछ्याएको चेन्नाईले इनिङको अन्तिम बलमा जित हासिल गर्नुअघि कप्तान धोनीकै विकेट गुमाएको थियो ।

सुरुका पावर बलमा निराशाबाट गुज्रेको चेन्नाईलाई जितको संघारमा पनि कप्तान धोनीले नै पुुर्याएका थिए ।

अन्तिम ओभरमा चेन्नाइलाई जितका लागि १८ रन आवश्यक थियो । जडेजाले एक छक्का हिर्काए र दोस्रो बल नो बल भयो । त्यसबाट धानीले २ रन जोडे । तेस्रो बलमा कप्तान आउट भएपछि चेन्नाई दबाबमा आयो । चौथो बलमा सान्टनर मैदानमा आए । उनले चौथो र पाँचौ बलबाट २ । २ रन लिए । २० ओभरको अन्तिम बल राजस्थानका स्ट्रेकले वाइड फाले । पुन बलिड. गर्दा सान्टनरले छक्कामा परिणत गर्दै टीमलाई अनपेक्षित विजयको माला पहिर्याए ।

चेन्नाईले सुरुआती ४ विकेट सस्तैमा गुमाएको थियो । सेन वाट्सन, फाप डू प्लेसिस, सुरेश रैना र केदार जादव गरी चार सुरुआती ब्याट्सम्यान सस्तैमा आउट हुँदा चेन्नाईले २४ रनमात्र बनाएको थियो । कप्तान महेन्द्रसिंह धोनी र अम्बाती रायडूले पाँचौं विकेटका लागि ९५ रनको सानदार साझेदारी गरेपछि जितको आधार बनेको थियो ।

अन्तिम दुई ओभरमा क्रमसः रायडू ५७ र कप्तान धोनी ५८ रनमा आउट भए । रायडूले ४७ बलमा २ चौका र ३ छक्का तथा धोनीले ४३ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।

चेन्नाईका लागि सान्टनर १०,जडेजा ९,प्लेसिस ७,रैना ४ र जाधवले १ रन जोडे भने वाट्सन खाता नखोली आउट भए ।
चेन्नाईको इनिड.मा स्ट््रोकले २,आर्चर,उनादकान्त र कुलकर्नीले समान एक एक विकेट लिए ।

Share Now

Leave a comment.