Prakash Adhikari April 12, 2019

 

क्वालालम्पुर(मलेशिया), २९ चैत्र । अन्डर-१९ विश्वकप छनौट एसिया प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा नेपाली टीमले सिंगापुरलाई २ सय ८३ रनको विशाल प्रस्तुत गरेको छ ।

मलेसियाको एसटीसी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४६ ओभरमा सम्पूर्ण विकेट गुमाएर २ सय ८२ रनको योगफल तयार पारेको छ ।

नेपालको ब्याटिड. सुरुमा त्यति राम्रो हुन सकेन। ओपनर रित गौतम १ रन बनाएर आउट भए । तेश्रो नम्बरका आसिफ शेख ८ रन बनाउने वित्तिकै आउट भए।

मैदानमा कप्तान रोहितले ब्याट सम्हालेपछि ओपनर पवन सर्राफले उनीसंग ९० रनको साझेदारी गर्दै टिमको योगफल १०० पार गराए।

Rohit Paudel

१९ औं ओभरमा सर्राफ अर्धशतक बनाउन ३ रनले चुक्दै आउट भए। उनले ५३ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

सर्राफको बाहिरिए ब्याटिड.मा उत्रेका सन्दीप जोरा खाता नखोली बाहिरिए। नेपालको योगफल १९.२ ओभरमा १०८।४ पुग्यो।

त्यसपछि क्याप्टेन रोहित पौडेलले भिम सार्कीसंग मिलेर योगफल अघि बढाए। १९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २६ रन बनाएका भिम २५ औं ओभरमा आउट भए।

त्यसपछि मैदानमा उत्रिए कुशल मल्ल । उनी १ चौका र १ छक्का प्रहार गर्दै ७ बलमा १० रन बनाएर बाहिरिए।

नवौं नम्बरमा ब्याटिड. गर्न आएका रशिद खानसंगको साझेदारीमा ७७ रन जोड्दै क्याप्टेन रोहित पौडेले नेपालको योगफल २ सय पार गराए। रशिद ४८ रन बनाउदै ४१ औं ओभरमा रन आउट हुन पुगे। उनले ४७ बलमा ४ चौका र २ छक्का प्रहार गर्न भ्याए।

रशिदको विकेटपछि पनि रोहितले एक किनार सम्हालीरहे जसलाई आठौँ विकेटको रुपमा कमल सिंह ऐरिले राम्रो साथ दिए। दुवैले आठौँ विकेटको लागि ३७ रनको साझेदारी गरे।

शतकको नजिक पुगेका रोहित १६ औं ओभरमा आउट भए। ५ रनले पहिलो शतक बनाउन चुकेका रोहितले १ सय ५ बलमा ७ चौका र १ छक्का प्रहार गरे।

रोहितको विकेटपछि ३१ रन बनाएका कमल ऐरि पनि आउट भए जसले १८ बलमा ३ छक्का र १ चौका प्रहार गरे।

नेपालले ४६ ओभरमा सम्पूर्ण विकेट गुमाएर २ सय ८२ रनको योगफल तयार गर्यो।

बलिड.मा सिंगापुरको लागि अथर्भ गुनेले ४ तथा राहुल शर्मा र विनित मेहताले २ / २ विकेट लिए।

नेपालले राम्रो रन जोडेको र यु १९ को तहमा सिंगापुरमाथि नेपालले सधै विजय पाएकोले यो खेल नेपालले सहजै जित्ने अनुमान गरिएको छ ।

अहिले नेपाल बलिड. गरिरहेको छ ।

Image may contain: 6 people, people smiling, people standing

प्रतियोगितामा नेपालसहित मलेसिया, कुवेत, ओमान, सिंगापुर र युनाइटेड अरब इमिरेट्स सहभागी छन्। प्रतियोगिताको विजेता टिम २०२० यु -१९ विश्वकपमा छनौट हुनेछ ।

Share Now

Leave a comment.