Prakash Adhikari April 13, 2019

कोलकोता(पश्चिम बंगाल,भारत),३० चैत्र । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) मा चौंथो जित निकालेको छ।

शुक्रबार राति भएको खेलमा घरेलु टोली कोलकोता नाइट राइडर्सलाई सात विकेटले पराजित गर्दै दिल्ली लिग अंक तालिकाको चौंथो स्थानमा उक्लियो। सात खेलमा चौंथो जित निकालेको दिल्लीको आठ अंक भएको छ। कोलकोताको समान आठ अंक भए पनि रनरेटमा अघि रहँदै दोस्रो स्थानमा रहेको छ।

Indian Premier League

TEAM M W L PT NRR
CSK 7 6 1 12 0.299
KKR 7 4 3 8 0.434
MI 6 4 2 8 0.29
DC 7 4 3 8 0.197
KXIP 7 4 3 8 -0.057
SRH 6 3 3 6 0.81
RR 6 1 5 2 -0.725
RCB 6 0 6 0 -1.453

कोलकोताको घरेलु मैदान इडेन गार्डेनमा घरेलु टोलीले दिएको १ सय ७९ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ औं ओभरको पाचौं बलमा ३ विकेटको क्षतिमा १ सय ८० रन बनाए लक्ष्य पूरा गर्‍यो।

दिल्लीको जितमा शिखर धवनले अर्धशतकीय इनिङ्स खेल्दै अविजित ९७ रन बनाए। उनले ६३ बलमा ११ चौका र दुई छक्का प्रहार गरेका थिए।

यस्तै, दिल्लीका ऋषब पन्तले ४६ रन जोड्दा पृथ्वी श र कोलिन इन्ग्रामले समान १४–१४ रन जोडे। कोलकत्ताका प्रसिद्ध कृष्ण, आन्द्रे रसेल र नितिश रानाले १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकोताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो। कोलकोताका लागि सुबमन गिलले अर्धशतकीय इनिङ्स खेले। उनले ३९ बलमा ७ चौका र २ छक्कासहित ६५ रन बनाए। यस्तै, आन्द्रे रसेलले ४५ तथा रोविन उथप्पाले २८ रन जोडे। पियुष चावला १४ रनमा अविजित रहे।

कोलकोताको इनिड.मा दिल्लीका क्रिस मोरिस, कागिसो राबडा र पाउल किमोले २–२ विकेट लिए।

योसँगै दिल्लीले यस सिजन कोलकोतालाई लगातार दोस्रो पटक हराएको हो। पहिलो भेटमा पनि दिल्लीले कोलकोतालाई सुपर ओभरमा हराएको थियो।

दिल्लीविरुद्धको यो खेलमा सन्दीपलाई भने टीमको शीर्ष ११ मा राखिएको थिएन। उनलाई बिश्राम गर्ने मौका दिइएको थियो ।

Share Now

Leave a comment.