Prakash Adhikari April 17, 2019

काठमाडौं,४ बैशाख । वरिष्ठ पत्रकार तथा नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ ।

श्रेष्ठको उपचारको क्रममा राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा बुधबार बिहान ११ बजे ४९ मिनेटमा निधन भएको समाचार पत्रमा कार्यरत पत्रकार इश्वरराज ढकालले जानकारी दिनुभयो ।

श्रेष्ठको पार्थिव शरीर आज साढे १२ बजेदेखि भूगोलपार्कस्थित निवासमा राखिने छ भने दिउँसो ३ दिने पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।

करिब ५ महिनाअघि नाकमा समस्या देखिएका कारण उनको राजधानीको वयोधा अस्पतालमा नाक र त्यसलगत्तै ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो ।

उक्त शल्यक्रिया लगत्तै पत्रकार श्रेष्ठमा विभिन्न स्वास्थ्य समस्या देखापर्दै आएका थिए ।

त्यसपछि श्रेष्ठको भारतको मेदान्त अस्पतालमा पनि उपचार भएको थियो ।

मेदान्त अस्पतालमा दुई महिना उपचार गराएर पर्किएपछि नर्भिक अस्पतालमा फिजोयोथेरापी लगायतका विधिबाट उपचार गर्न गरिँदै आएको थियो ।

Share Now

Leave a comment.