Prakash Adhikari April 18, 2019

हैदरावाद(आन्ध्र प्रदेश,भारत), ४ बैशाख) । भारतको चर्चित घरेलु लिग इन्डियन प्रिमियर लिग (आईपीएल)को जारी १२ औं संस्करण अन्तर्गतको ३३ औं खेलमा सनराइजर्स हैदराबादले चेन्नाई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ।

यस अगाडि चेन्नईलाई ३ अप्रिलमा मुम्बईमा सम्पन्न १५ औं खेलमा घरेलु टीम मुम्बई इण्डियनले ३७ रनले जितेको थियो ।

आईपीएलको १२ औं संस्करणमा हावी रहदै आएको महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नई सुपर किंग्स् दोस्रो हारपछि पनि हालसम्म खेलिएका ९ खेलमा ७ खेल जित्दै १४ अंकसहित लिगको शीर्ष स्थानमा कायम रहेको छ ।

सन राईजर्स हैदराबाद भने आफूले खेलेका ८ खेलमा ४ मा जित र ४ मा हार ब्यहोर्दै ८ अंकसहित पाँचौ स्थानमा उक्लेको छ।

Indian Premier League

TEAM M W L PT NRR
CSK 9 7 2 14 0.101
DC 8 5 3 10 0.418
MI 8 5 3 10 0.244
KXIP 9 5 4 10 -0.015
SRH 8 4 4 8 0.549
KKR 8 4 4 8 0.35
RR 8 2 6 4 -0.589
RCB 8 1 7 2 -1.114

सुरेश रैनाको कप्तानीमा मैदानमा उत्रेको चेन्नईले निर्धारित २० ओभरको खेलमा ५ विकेटको क्षतिमा १ सय ३२ रन जोडेको थियो ।

चेन्नाईले दिएको १ सय ३३ रनको लक्ष्य हैदराबादले निर्धारित २० ओभरको खेलमा १७ औं ओभरको पाँचौ बलमा ४ विकेट गुमाएर १ सय ३७ रन जोडेर पूरा गर्यो।

हैदराबादको लागि ओपनर डेभिड वार्नर र जोन्नि बेयरष्टो पहिलो विकेटको लागि ६६ रनको साझेदारी गरे। खेलमा जोन्नि बेयरष्टोले ६१, डेभिड वार्नरले ५०,दिपक हुडा १३, भिजय शंकर ७ र कप्तान केन विलियमसनले ३ रनको योगदान गरे ।

पहिलो विकेट गुमे पछि हैदराबादले लगातार जसो विकेट गुमाए पनि बेयरस्टोले एक किनार सम्हालीरहे। उनी अन्तिमसम्म अविजित रहँदै ६१ रन बनाएपछि हैदराबादले १७ औं ओभरको पाँचौ बलमा १९ बल बाँकी रहदा १ सय ३७ रन जोडेर लक्ष्य पूरा गर्यो।

हैदराबादलाई रोक्ने क्रममा चेन्नाईका बलर इमरान ताहिरले २ विकेट तथा दिपक चाहर र कर्ण शर्माले १ । १ विकट लिए।

चेन्नईको फितलो ब्याटिंग

IPL 2019: Shane Watson’s PSL heroics a good sign for CSK

टस जितेर ब्याटिंग गरेको चेन्नाईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो।

राम्रो सुरुवात गरेको चेन्नाईको लागि ओपनर शेन वाटसन र फाफ डु प्लेसिसले ७९ रन बनाएका थिए। यस क्रममा वाटसनले ३१ रन र डु प्लेसिसले ४५ रन जोडे ।

डु प्लेसिस र वाटसनले १० औं र ११ औं ओभरमा लगातार विकेट गुमाएपछि बुधबारका टीम क्याप्टेन सुरेश रैना पनि १३ रन बनाएर आउट भए। लगत्तै केदार जाधब १ रन तथा स्याम बिलिंग खाता नखोली आउट भए।

१४.४ ओभरमा १०१ । ५ पुगेको चेन्नाईले त्यसपछि अन्तिम ५ ओभरमा विकेट नगुमाए पनि ३१ रन मात्रै बनाउन सक्यो।

रभिन्द्र जडेजाले २० बल खेल्दा अविजित १० रन बनाए । अम्बाती रायडुले २५ रन बनाए।
चेन्नाईलाई २० ओभरमा १३२ । ५ मा रोक्न हैदराबाद बलर रासिद खानले २ खलिल एह्मद शाहबाज नदीम र भिजे शंकरले समान १।१ विकेट लिए।

Share Now

Leave a comment.